मीराः स्याडो अफ अ रेन्बोबाट आशावादी निशान
फिल्म ‘डेसान’बाट फिल्मी अभिनयमा डेब्यू गरेका अभिनेता निशान चौहान चाँडै नै फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’मा देखिँदैछन् । अघिल्लो फिल्ममा गाउँले चरित्रमा देखिएका निशान ‘मीराः स्याडो अफ अ रेन्बो’मा एक व्यवसायीको भूमिकामा प्रस्तुत हुँदैछन् ।
‘यो फिल्म नारी प्रधान फिल्म हो । फिल्मले पारिवारिक विषयसँगै समाजको नयाँ कथालाई देखाएको छ,’ निशान फिल्मका बारे भन्छन्, ‘बढी पैसा कमाएपछि मान्छेमा कसरी घमण्डको सुरुवात हुन्छ भन्ने चरित्रमा देखिएको छु ।’
अनिता पण्डितको लेखन तथा निर्देशन रहेको फिल्ममा निशान, अनिता, सुरवीना कार्की, सैलेश राउतको अभिनय छ ।
‘मीराः स्याडो अफ अ रेन्बो’को कथाले नै आफूलाई फिल्ममा तानेको उनको दाबी छ । ‘विवाहित व्यक्तिको परिवारमा अन्य पक्षको प्रवेश पछि त्यो परिवारमा तनाव कसरी सुरु हुन्छ भन्ने थिमले म फिल्मका लागि सहमत भएँ । म डेसान भन्दा फरक चरित्रमा निर्वाह गर्न चाहन्थें, जुन चरित्र यो फिल्ममा पाएँ’, निशान भन्छन्, ‘यसको कथा पढ्दा आफूलाई भन्दा पनि यो कथा समाजमा देखाउनुपर्छ भन्ने लाग्यो । मैले भोलि बिहे गरेर घरमा श्रीमति ल्याएपछि फिल्मकै जस्तो समस्या आउन सक्छ । किनभने यस्तो समस्या जो केहीमा पर्न सक्छ । त्यस्तो बेला समाजले स्वीकार्छ या स्वीकार्दैन भन्ने कुरा आउँछ । स्वीकार्दा राम्रो या नराम्रो भन्ने हुन्छ ।’
उनले फिल्मले श्रीमतिले बच्चा र श्रीमानलाई तथा श्रीमानले श्रीमति र बच्चालाई कति माया गर्छन् र पछि गएर यो सम्बन्धलाई अझ मजबुत बनाउन त्यसलाई कसरी स्वीकारिन्छ भनने कुरा देखाइएको बताए । ‘यो कथा कोही व्यक्तिको वास्तविक जीवनको कथा रहेछ । त्यो व्यक्तिले कसरी जीवन भोगिरहेका छन् भन्ने मलाई लाग्यो’, उनले भने ।
उनका अनुसार फिल्मको सुटिङ सकिएपछि चरित्रको ह्याङओभरबाट उनलाई बाहिर निस्कन उनलार्य अढाई दिन लाग्यो । ‘फिल्मकै चरित्रका कारण सुटिङमा साँच्चै झगडा नै पर्यो । त्यो झगडा पछिको सम्बन्ध सुधार्न र अन्य काम गर्नका लागि मलाई अढाई दिन लाग्यो । म एकदिन घरमा नै बसें र अर्को दिन मन्दिर गएँ’, निशानले खुलाए ।
निशान मोडलिङ पृष्ठभूमिबाट आएका युवा हुन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा मोडलिङ गरिसकेपछि अभिनेता साथी गौरव पहाडीको सल्लाहमा अभिनयमा लागेका हुन् । उनले सुनिल पोखरेलसँग ६ महिना कोर्ष पुरा गरेका छन् । फिल्म सम्पादक मिलन श्रेष्ठले उनलाई ‘डेसान’मा काम गर्नका लागि भूमिका खेलेका थिए ।
उनी पहिलो पटक नेफ्टा फिल्म अवार्डमा फिल्म ‘डेसान’बाट ‘उत्कृष्ट डेब्यू अभिनेता’को मनोनयनमा परेका छन् । पहिलोपटक अवार्डको मनोनयनमा पर्दा उनी खुशी छन् ।
![‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Nephop%2520final%2520image%2520%2520copy_yoesDdG3Mo_ptsea8hdeuc7qggzf1s4lsfzgujbubonord4cpj0hdc8xetgeyibkjhxd6z8_LAn9axUvqv_f4ao9juklvzm74sh81osbb1fpdwho1xkzsgxpofctuj3oeso6urphyqmaxm3.jpg)
‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु
![आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?](https://snowberry.prixacdn.net/media/gallery_folder/bar%2520and%2520badhu_pK5Ut4EdfA_bglcx7adpp5bayv8saxrggqwud9vkgyytlfueeuwoi9tffjkqs2keduajyli_yQjI6tWrGr_ymxv9cvg0wylev3xbeqgjtcmhwmyagacmfsttw0xiln89glaav0eesx4uqkx.jpg)
आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?
![बोर्डबाट बिदा हुँदै गर्दा भुवनले भने–‘फिल्म क्षेत्रमा सरकारको लगानी शुन्य छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/bhuwan%2520kc_Wkmnf0wViv_jhpefzrn6ico0ruwyoczfyutambsukrwq61jtlumxuz2phxwobl9clcesf3w_JDDBE4KIum_zrd9rfojoxgwmeukoacgxrnlktnge0bsqvaqbnvzv0uzimbvdp6rh3rmg0ik.jpg)
बोर्डबाट बिदा हुँदै गर्दा भुवनले भने–‘फिल्म क्षेत्रमा सरकारको लगानी शुन्य छ’
![‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’](https://snowberry.prixacdn.net/media/gallery_folder/karm%2520movie_VujH3IhZIU_cwhzwdiojeclzx6vznspgthtzzrrqjwgqpjzotw1bczkdpnamgismh4drntw_RRGgIgIMdk_nfdxcqprsluhy2yhaaoobzvsvxqn3eewen90onvrcdg4bacp4ngsqbwildhd.jpg)
‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’
![भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल](https://snowberry.prixacdn.net/media/gallery_folder/purna%2520bhahadru%2520ko%2520sarangi_ao6WLpXeeb_jsne2lep8t5irwfancnhdfvo8nttae3twdzgplmyxl9msbkht3kyhh8ui68f_Kg4JxyK64t_bionn6kea8ans5bngaca8jsfflcwbvquulk8byifxelxynbuazucar1kbfkb.jpg)
भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल
![के नरेनलाई फिल्म क्षेत्रले चिन्न नसकेको हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/naren%2520khadka_LhN2EkwyR5_lvs9etxkcndrbumytnojzsauafvkpeepb6ibgmztmec4zpocuz0ef5yxgxar_PPv6AXxOoc_emgymyuu4okt8dpqnsmul16qqmbocf6gwu3gep8vxq2c3llyboioivu1vznp.jpg)
के नरेनलाई फिल्म क्षेत्रले चिन्न नसकेको हो ?
![सरोज खनाल भन्छन्–‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/saroj%2520khanal_dkPv25PDxg_r8r4giwpg5nxlkstiuewcwlahchnibtqe04octs8jtgcemsouvgztbzrqtvr_WY4ZrAuCDA_meeb0playit6oqyrtk3hbvltrznyodunpg8oxi8nfabbdy6qkyf5wo7o3tu9.jpg)
सरोज खनाल भन्छन्–‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ’
![‘नम्बरी सुन’को ट्रेलरमा प्रेम र द्धन्द्धको कुरा](https://snowberry.prixacdn.net/media/gallery_folder/numberi%2520sun_yKagEjcRzf_lqhltr5hdr8chwiuys1b7yqigam4oxljpqrvmfjdvunguu0jiewo8axkau3o_LSvKtsyMDD_yz20dgtjzwgr7i2o77sotbxtswbhs4yauqxowkmyq1j5hvdbbpjdovoe10i6.jpg)
प्रतिक्रिया