माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट


केही बर्ष प्रेममा रहेपछि संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलले बिहे गरे । कोरोना कालमै उनीहरुले बुढानिलकण्ठको मन्दिरमा बिहे गरेका थिए । दुर्गा र अर्जुन अब माता पिता बन्दैछन् । माता पिता बन्न लागेका यी दुइले फोटोसुट गर्दै सामाजिक संजालमा पोष्ट गरेका छन् । 

वुझिएअनुसार, असारको दोस्रो साता दुर्गाले सन्तानलाई जन्म दिदैछिन् । सन्तानलाई जन्म दिनु अगाडि यी दुईले फोटोसुट गर्दै आफूहरूको खुशी फ्यानसँग सेयर गरेका हुन् । 

नेपाली कलाकारहरूले सन्तानलाई जन्म दिनु अगाडि फोटोसुट गरेको उदाहरण यो पहिलो भने होइन । यसअघि पनि केही कलाकारले यस्तो शैली अपनाएका छन् । 

संगीतकार अर्जुन पोखरेलको कामको कुरा गर्ने हो भने, उनी वर्तमान पुस्ताका सर्वाधिक लोकप्रिय र व्यस्त संगीतकार हुन् । उनले सिर्जना गरेका फिल्म र आधुनिक गीत संगीतले बजारमा हंगामा नै मच्चाएका छन् । यसैले, उनलाई ‘हिट मेसिन’ समेत भन्ने गरिन्छ । 

दुर्गाले अर्जुनसँगको तस्विर सेयर गर्दै ‘मेरो मन र धडकनको खुशी’ भनेर लेखेकी छिन् ।