डीसिने अवार्डमा पूजा र पल उत्कृष्ट नायक–नायिका, ‘म यस्तो गीत गाउँछु २’लाई उत्कृष्ट फिल्मको अवार्ड
![](https://snowberry.prixacdn.net/media/gallery_folder/sudarshan%2520thapa_DMKAEXk892_utk0dxuwdkbwuxhzqvvb9guypv9hne5lhyve8ciawgvdaqyxf5sjn6orefzx_mEa67vMTbA_3hkdcvuak6sgvqgufjkjsleaj6gbnn45criggqox5gt07grpvw4l3r7pmked.jpg)
काठमाडौंको रसियन कल्चर सेन्टरमा ‘तेह्रौं र चौधौं संस्करण’को डीसिने अवार्ड सम्पन्न भएको छ । कोभिडका कारण आयोजना हुन नसकेकाले दुई बर्षको अवार्ड एकैपटक आयोजना गरिएको अवार्ड अध्यक्ष शान्तिप्रियले जानकारी दिए । यो अवार्ड समारोहमा कलाकारद्धय अर्जुन श्रेष्ठ र दीपाश्री निरौलालाई ‘छायाँछवि रजत सम्मान’ प्रदान गरिएको थियो । यस्तै, फिल्म पत्रकार कुवेर गिरीलाई ‘छायाछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो ।
समारोहमा १३ औं संस्करण अन्र्तगत वर्ष २०७७ मा प्रदर्शनमा आएका सातवटा फिल्मबाट बिभिन्न पाँच बिधामा अवार्ड प्रदान गरिएको थियो । ‘डिसिने अवार्ड २०७७’ अन्र्तगत सर्वोत्कृष्ट फिल्मको अवार्ड ‘श्री’ले प्राप्त गर्यो । यस्तै, सर्वोत्कृष्ट अभिनेताको अवार्ड ‘हिरो रिटन्र्स’बाट सविन श्रेष्ठ, सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड ‘लक्ष्मी पुजा’बाट जाहन्वी बस्नेत, नृत्य निर्देशकको अवार्ड फिल्म ‘गुड फ्रेण्ड’बाट अजय स्याङताङ, र सह अभिनेताको अवार्ड ‘हिरो रिटन्र्स’बाट रोशन श्रेष्ठले प्राप्त गरेका छन् ।
यस्तै १४ औं संस्करणको डिसिने अवार्ड २०७८ अन्र्तगत १३ बिद्यामा अवार्ड प्रदान गरिएको थियो । यसवर्षको अवार्डमा फिल्म ‘म यस्तो गीत गाउँछु २’ले उत्कृष्ट फिल्म सहित ६ बिधामा अवार्ड प्राप्त गरेको छ । यो फिल्मबाट सुदर्शन थापाले उत्कृष्ट निर्देशक, पल शाहले उत्कृष्ट अभिनेता, पुजा शर्माले उत्कृष्ट अभिनेत्री, बनिष शाह र मिलन श्रेष्ठले उत्कृष्ट सम्पादक र अर्जुन पोखरेलले उत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गरेका छन् ।
यस्तै फिल्म ‘चिसो एस्ट्रे’ बाट दीन्स पाल्पालीले उत्कृष्ट लेखक, ‘हेल्लो जीन्दगी’बाट सम्राट बस्नेतले उत्कृष्ट द्वन्द्व निर्देशक, ‘आकाशे खेती’बाट रामजी लामिछानेले उत्कृष्ट नृत्य निर्देशक, ‘लप्पन छप्पन २’ बाट पुरुषोत्तम प्रधानले उत्कृष्ट छायाँकार, ‘हेल्लो जीन्दगी’बाट राजनराज सिवाकोटीले उत्कृष्ट गायक र ‘हेल्लो जिन्दगी’बाटै निर्देशक सुर्य बोहराले जुरी अवार्ड प्राप्त गरेका छन् ।
समारोहमा कलाका बिभिन्न माध्यमबाट नेपाली कला क्षेत्रमा योगदान पुर्याएका विभिन्न फिल्मीकर्मीलाई ‘छायाँछबी सम्मान’ प्रदान गरिएको थियो । कार्यक्रममा अभिनेता तथा मोडल दीनेश के.सी., फिल्म निर्देशक चेतनाथ दंगाल, फिल्म निर्देशक समुन्द्र भट्ट, अभिनेत्री सानिया खान, प्राबिधिक प्रकाश मिश्र, मोडल रुपा राना, निर्माता तथा निर्देशक सन्तोष सुबेदी, गायिका मञ्जु थापा र गीतकार किरण केसी क्रोधीलाई ‘छायाँछबी सम्मान’ प्रदान गरिएको थियो ।
![‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Nephop%2520final%2520image%2520%2520copy_yoesDdG3Mo_ptsea8hdeuc7qggzf1s4lsfzgujbubonord4cpj0hdc8xetgeyibkjhxd6z8_mItBzeLeHs_meyspt8agy05srp5igc3kpa4ldmio94frjfttakpsqyqnzqi0deoc9lpoha7.jpg)
‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु
![आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?](https://snowberry.prixacdn.net/media/gallery_folder/bar%2520and%2520badhu_pK5Ut4EdfA_bglcx7adpp5bayv8saxrggqwud9vkgyytlfueeuwoi9tffjkqs2keduajyli_yQjI6tWrGr_ymxv9cvg0wylev3xbeqgjtcmhwmyagacmfsttw0xiln89glaav0eesx4uqkx.jpg)
आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?
![बोर्डबाट बिदा हुँदै गर्दा भुवनले भने–‘फिल्म क्षेत्रमा सरकारको लगानी शुन्य छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/bhuwan%2520kc_Wkmnf0wViv_jhpefzrn6ico0ruwyoczfyutambsukrwq61jtlumxuz2phxwobl9clcesf3w_JDDBE4KIum_zrd9rfojoxgwmeukoacgxrnlktnge0bsqvaqbnvzv0uzimbvdp6rh3rmg0ik.jpg)
बोर्डबाट बिदा हुँदै गर्दा भुवनले भने–‘फिल्म क्षेत्रमा सरकारको लगानी शुन्य छ’
![‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’](https://snowberry.prixacdn.net/media/gallery_folder/karm%2520movie_VujH3IhZIU_cwhzwdiojeclzx6vznspgthtzzrrqjwgqpjzotw1bczkdpnamgismh4drntw_5ceDksQ9f2_wiz8lgdxyyzfrgp1k8tyslraxvjfyhnezupve2bd9hfxplyspes52fp0nzyc.jpg)
‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’
![भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल](https://snowberry.prixacdn.net/media/gallery_folder/purna%2520bhahadru%2520ko%2520sarangi_ao6WLpXeeb_jsne2lep8t5irwfancnhdfvo8nttae3twdzgplmyxl9msbkht3kyhh8ui68f_Kg4JxyK64t_bionn6kea8ans5bngaca8jsfflcwbvquulk8byifxelxynbuazucar1kbfkb.jpg)
भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल
![के नरेनलाई फिल्म क्षेत्रले चिन्न नसकेको हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/naren%2520khadka_LhN2EkwyR5_lvs9etxkcndrbumytnojzsauafvkpeepb6ibgmztmec4zpocuz0ef5yxgxar_2qX4qz0Lsr_vnnlsauflwvn3fpu1w912f50yzeq8ugdomijak1jp8h1jgwjfvhugy5wtbsv.jpg)
के नरेनलाई फिल्म क्षेत्रले चिन्न नसकेको हो ?
![सरोज खनाल भन्छन्–‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/saroj%2520khanal_dkPv25PDxg_r8r4giwpg5nxlkstiuewcwlahchnibtqe04octs8jtgcemsouvgztbzrqtvr_WY4ZrAuCDA_meeb0playit6oqyrtk3hbvltrznyodunpg8oxi8nfabbdy6qkyf5wo7o3tu9.jpg)
सरोज खनाल भन्छन्–‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ’
![‘नम्बरी सुन’को ट्रेलरमा प्रेम र द्धन्द्धको कुरा](https://snowberry.prixacdn.net/media/gallery_folder/numberi%2520sun_yKagEjcRzf_lqhltr5hdr8chwiuys1b7yqigam4oxljpqrvmfjdvunguu0jiewo8axkau3o_LSvKtsyMDD_yz20dgtjzwgr7i2o77sotbxtswbhs4yauqxowkmyq1j5hvdbbpjdovoe10i6.jpg)
प्रतिक्रिया