‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

फिल्ममा अभिनय गर्ने कलाकारहरुमध्ये निकै कमले मात्र फिल्म निर्देशनको हिम्मत गर्न सकेका छन् । फिल्म निर्देशन र अभिनय विल्कुलै फरक कुरा हो भन्ने धेरैले बुझेका छन् । यसैले त नायक राजेश हमालले चर्चा धेरै गरेर पनि फिल्म निर्देशन सुरु गर्न सकेका छैनन् । निखिल उप्रेतिले एउटै मात्र फिल्म निर्देशन गर्ने आँट गरे । भुवन केसीले पनि दोश्रो फिल्म निर्देशन गर्न सकेका छैनन् ।
लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहेका सफल नायक सरोज खनालले यो बर्ष फिल्म ‘बगान’ निर्देशन गरे । उनको डेब्यू निर्देशनमा बनेको यो फिल्मले हलमा दर्शकको राम्नै साथ पाइरहेको छ ।
समीक्षकबाट खराब प्रतिक्रिया पाएको फिल्मले पारिवारिक फिल्म रुचाउने दर्शकबाट साथ पाइरहँदा सरोजको डेब्यू निर्देशन कस्तो भयो भनेर चर्चा गर्ने उपयुक्त हुनेछ ।
यो फिल्मको निर्देशकीय पक्ष भन्दा पनि यसको क्लाइमेक्सको संवाद र कथावस्तुले केही हदसम्म दर्शकलाई छोएको हो । सरोजले यो फिल्मलाई फिल्मी स्टाइलले भन्दा पनि वृत्तचित्रको शैलीमा निर्देशन गरेका छन् । सामाजिक कथावस्तु भएकाले पनि यसलाई हेर्न दर्शक हलसम्म पुगेका हुन् । तर, सरोजले फिल्म निर्देशनमा आफूलाई निखार्न अझै ठूलो मिहिनेत गर्नुपर्ने हुन्छ । एउटा कुरा सत्य के हो भने, सरोजले पहिलो निर्देशनमा नै समाजको एउटा गहन विषयलाई भन्ने हिम्मत गरेका हुन् । तर, उनको भन्ने शैली फितलो थियो ।
यसैले, अभिनयमा उनले जुन शक्ति देखाउँछन् निर्देशनमा अझै खारिन आवश्यक छ । फिल्मको बक्स अफिसको सफलताले सरोजको निर्देशनले पूर्णता पायो भन्न सकिँदैन ।

बिहे अघि पूर्व मिस नेपालहरुसँग श्रृङ्खलाले साटिन् खुशी

‘चिठ्ठी’को ‘टुटेको तारा’ गीत सार्वजनिक

‘दान्भी’को फस्टलुकमा मेसिनगन बोकेकी पूजा

दीपक र केदारबिच बाहिरी ब्यानरको एक–एक वटा फिल्म खेल्ने सहमति

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया