३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

फिल्म ‘गाजलु र छ माया छपक्कै’ जस्ता बक्स अफिसमा सफल फिल्म निर्माण गरेका निर्माता रोहित अधिकारीले ३ वटा फिल्म बनाउने कसरत अगाडि बढाइरहेका छन् । जसमध्ये २ फिल्म ‘फर्कि फर्कि र बरिष्ठ बलराम’को निर्माण प्रक्रिया द्रुत गतिमा अगाडि बढेको छ ।
रोहितले निर्माण गर्न लागेको फिल्म ‘बरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । यो फिल्ममा कलाकार खगेन्द्र लामिछाने र नव–नायिका दिव्या रायमाझीले काम गर्ने पक्का भैसकेको छ ।
यो फिल्ममा नायक दयाहाङ राइलाई समेत भित्राएर रोहितले बलियो लाइनअप बनाएका छन् । फिल्ममा बिजय बराल र बुद्दि तामाङको पनि मुख्य भूमिका रहने पक्का भैसकेको छ । फिल्ममा एक जना स्टार नायकलाई अनुवन्धित गर्ने तयारीमा रोहित छन् । यसरी हेर्दा, रोहितले सामाजिक कथामा बन्ने यो फिल्मलाई बलियो बनाउने देखिएको छ ।
रोहितले फिल्म ‘फर्कि फर्कि’का लागि नायक अनमोल केसी र नायिका जसिता गुरुङलाई अनुवन्धित गरिसकेका छन् । यस्तै, उनले दिनेश राउतको निर्देशनमा दीपकराज गिरीको टिमसँग मिलेर बनाउने भनेको फिल्मको काम पनि अगाडि बढेको छ ।
निर्माताहरुलाई एउटै फिल्म निर्माण गरेर हलसम्म ल्याउन धौ धौ परिरहेको समयमा रोहित भने एकसाथ ३ वटा फिल्मलाई दर्शकमाझ ल्याउन कम्मर कसेर लागिपरेका छन् ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया