अनमोल र नीतिको ‘रावायण’मा शिल्पाको इन्ट्री

यो बर्ष रिलिज भएको फिल्म ‘परस्त्री’ व्यापारिक रुपमा असफल भएपनि नायिका शिल्पा मास्केको बोल्ड अवतारले भने दर्शकलाई मोहित बनायो । शिल्पाले यो फिल्ममा जोखिम मोलेरै काम गरेकी थिइन् । फिल्म नचलेपनि उनलाई भने फिल्मीकर्मीले पनि रुचाए । 

उनै, शिल्पा अब सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘रावायण’मा काम गर्दैछिन् । फिल्मको निर्माणपक्ष र शिल्पाबिच केही दिन अगाडि कागजी संझौता भएको छ । 
यो फिल्ममा नायक अनमोल केसी दोहोरो भूमिकामा काम गर्दैछन् । फिल्ममा अनमोललाई दर्शकले राम र रावणको अवतारमा देख्न पाउनेछन् । 

फिल्ममा नायिकाको रुपमा नीति शाह पनि अनुवन्धित भैसकेकी छिन् । फिल्ममा शिल्पाको प्रवेशले दर्शकमा अझै कौतुहलता पैदा गरेको छ । दुई नायिकाको प्रवेशसँगै अनमोलको जोडी कोसँग बाँधिने हो भन्ने उत्सुकता दर्शकमा छ । 

फिल्ममा कलाकार कामेश्वर चौरासिया पनि भित्रिएका छन् । भदौको तेश्रो साताबाट छायांकनमा जाने फिल्मलाई लिएर शिल्पा उत्साहित छिन् ।