यस्तो छ ‘हात्तीछाप’मा दया र उपासनाको लुक्स


गतसाता नायक सौगात मल्लको ‘बोत्तल राजा’ लुक्स सार्वजनिक गरेको फिल्म ‘हात्तीछाप’को टिमले नयाँ पोष्टर सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको पोष्टरमा फिल्मका मुख्य २ कलाकार नायक दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीको लुक्स समावेश गरिएको छ । फिल्मका मुख्य ३ कलाकारको लुक्स सार्वजनिक भएपछि दर्शकको फिल्मप्रतिको कौतुहलता झनै बढेर गएको छ । 

यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हलमा, बुद्दि तामाङ, बिजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रीयर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेलको मुख्य भूमिका छ । फिल्मका लेखक प्रदीप भारद्धाज हुन् । 

किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । फिल्ममा पुष्कर गुरुङ र अमला देवी राइको लगानी छ । सुशान्त प्रजापतिले फिल्मको छायांकन गरेका हुन् । फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । 

माघको २६ गतेबाट रिलिज हुने पक्का गरिएको फिल्मको एउटा गीतको छायांकन हुन मात्र बाँकी छ । फिल्म ‘हात्तीछाप’ले पनि बक्स अफिसमा सुखद कमाई गर्ने प्रक्षेपण गरिएको छ । किरणकै प्रस्तुतिमा यसअघि दयाहाङ राई, सौगात मल्ल र उपासना सिंह ठकुरी अभिनित फिल्म ‘२ नम्बरी’ले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।