५ सय करोड क्लबमा साहरुखको ‘जवान’

रिलिजको १८ औं दिन बक्स अफिसमा १३.९० करोडको कमाई गर्दै बलिउड नायक साहरुख खान अभिनित फिल्म ‘जवान’ ५ सय करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले तेश्रो साताको शुक्रबार ७.१० करोड, शनिबार ११.५० करोड र आइतबार १३.९० करोडको कमाई गरेको थियो ।
योसँगै फिल्मले हिन्दी भाषामा मात्र ५ सय ५ करोडको नेट कलेक्शन गरेको छ । ‘जवान’ ५ सय करोड क्लबमा प्रवेश गर्ने तेश्रो बलिउड फिल्म हो । यसअघि यही बर्ष नै रिलिज भएको ‘पठान र गदर २’ले ५ सय करोडको आँकडा पार गरेका थिए ।
यसैबिच, साहरुख ५ सय करोड क्लबमा दोश्रो पटक प्रवेश गर्ने एक मात्र बलिउड नायक बनेका छन् । यस्तै, यो फिल्मले आइतबार विश्व बजारमा १ हजार करोडको क्लबमा आफूलाई प्रवेश गराएको छ । साहरुखले नै अभिनय गरेको फिल्म ‘पठान’ले पनि विश्व बजारबाट १ हजार ५० करोडको व्यापार गरेको थियो ।
यस्तै, फिल्मले अन्य भाषामा ५७.२६ करोडको कमाई गरेको छ । योसँगै भारतमा मात्र फिल्मले ५६३ करोडको नेट कलेक्शन गरेको छ । यो फिल्मले भारतमा ६ सय करोड क्लबको स्थापना गर्ने पक्का जस्तै देखिएको छ ।
‘जवान’ सबैभन्दा चाडो ५ सय करोड क्लबमा प्रवेश गर्ने पहिलो बलिउड फिल्म समेत बनेको छ । साहरुख अभिनित फिल्म ‘डंकी’ पनि यसै बर्ष रिलिज हुँदैछ । यो फिल्मले पनि भारतीय बक्स अफिसमा ५ सय करोडको आँकडा पार गर्ने धेरैको अनुमान छ ।

देवल परिवारका लागि यो बर्ष कसरी बन्यो बम्पर

बलिउड अभिनेता अमिर खान २४ घण्टासम्म चक्राबत मिचुआङमा फसे पछि...

अर्जुन कपुरको एउटा फिल्म जसले २ लाख पनि कमाउन सकेन

मृगौला फेल भएपछि ‘सीआइडी’का ‘फ्रेडी’को निधन

‘डंकी’को ट्रेलरमा देशप्रेम, कमेडी र मित्रताको कथा

ऋतिकको 'फाइटर' को 'फस्ट लुक' देखेर फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?’

'भुल भुलैया- ३' मा कार्तिक आर्यन कन्फर्म, तब्बुद्वारा रिजेक्ट

प्रतिक्रिया