सन्तोष सेनले घोषणा गरे ‘बलिदान’, पहाड र मधेसको द्धन्द्धको कथामा निर्माण हुने

फिल्म ‘प्रेमगीत’ सिरिजका निर्माता तथा ‘प्रेमगीत ३’का निर्देशक सन्तोष सेनले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । सन्तोषले निर्माण तथा निर्देशन गर्न लागेको फिल्मको नाम ‘बलिदान’ राखिएको छ । आशुसेन फिल्मस्को व्यानरमा निर्माण हुने यो फिल्मको छायांकन दशैंपछि सुरु गर्ने उनको योजना छ । यसका लागि सन्तोष र उनको टिमले टिजर समेत खिचिसकेको छ ।
सुरुवातमा यो फिल्मको नाम ‘भिल्ला’ राखिएको थियो । फिल्मलाई एउटा गाउँको काल्पनिक कथामा निर्माण गर्ने योजना स्वरुप सन्तोष र उनको टिमले ‘भिल्ला’ राखेको थियो । तर, फिल्मको कथा लेख्दै जादा सिंगो देशकै बिषयमा बन्ने भएपछि नाम परिवर्तन गरेर ‘बलिदान’ राखिएको हो ।
सन्तोषले मेरो फिल्मसँग भने–‘हामीले यसपटक पहाड र मधेसको कथालाई उठान गरेका छौं । वि.सं २०६२–०६३ सालमा भएको आन्दोलनदेखि विभिन्न समयमा भएका आन्दोलनको कथालाई फिल्ममा प्रस्तुत गर्नेछौं । यसपटक हामीले फिल्ममा जनताले मात्र बलिदान दिएर नहुने कथा प्रस्तुत गर्न लागेका छौं । देश तथा विदेशका कुटिलहरुले जसरी बारम्बार जनतालाई बलिदान दिन बाध्य बनाए, अब ती कुटिलहरुलाई तह लगाउनुपर्छ भन्ने कथा प्रस्तुत गर्दछौं ।’ फिल्ममा एक यूग पुरुषको जन्म हुने, जसले कुटिलहरुलाई तह लगाउने उनको भनाई छ ।
यो फिल्मलाई दर्शनले लेखिरहेका छन् । मधेसमा नै बसोबास गर्दै आएका दर्शनको खुबी देखेर नै आफूले उनलाई कथा लेख्न लगाएको सन्तोषले बताए । सन्तोषका अनुसार, फिल्मका लागि निर्देशक र कलाकार कोही पनि फाइनल गरिएको छैन । अहिलेसम्म फिल्मको कमान्ड सन्तोषले नै सम्हालिरहेका छन् । यो फिल्मलाई ६ करोडको बजेटमा तयार गर्ने योजना उनको छ । फिल्मको टिजर दशैं अगाडि नै सार्वजनिक गर्ने योजनामा आफूहरु लागिपरेको सन्तोषले जानकारी दिए ।
गतबर्ष फिल्म ‘प्रेमगीत ३’ निर्देशन गरेर भारतीय बजारमासम्म पुर्याएका सन्तोष फिल्म मेकिङमा सधै नै नयाँपन खोज्न माहिर मानिन्छन् । यसपटक पनि उनले ‘बलिदान’ नाम दिएर देशका लागि एक यूग पुरुषको खोजी गर्दैछन् ।

वान सिनेमाज्को स्पष्टिकरणः ‘एनिमल’मा दर्शकको प्रवेश पत्र जाँच गरेका छौं

बसन्तपुरको ‘पवित्र इनार’माथि नाँचेपछि प्रकाश सपुतको आलोचना

फिल्मसँगै ब्रान्डमा पनि उत्तिकै नाजिर

सम्राटको ‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’ फाइनल

‘छ्या ! के गरेको होला भन्ने भूमिकाबाट फिल्ममा डेब्यू गर्न चाहन्नँः उषा उप्रेती

‘एनिमल’मा विपिनलाई कुन भूमिकाका लागि अफर गरिएको थियो ?

पलाँस नायकको आक्रोश–‘हामीलाई भिलेनमा पत्याउनन्, एउटै कलाकारलाई कती हेर्नु ?

प्रतिक्रिया