आमा बन्दै रेखा थापा

नायिका रेखा थापाले मंगलबार ट्विटरमा आफ्ना श्रीमान् बलराम शाहीसँगको एक तस्वीर राख्दै लेखिन्–‘भविष्य पनि गजबको उपहार हो । जो नआउँदै हामीलाई किस्ता किस्तामा खुशी पठाइदिन्छ ।’
रेखाले यहाँ कस्तो भविष्यको कुरा गरेकी होलान् भन्ने धेरैलाई लागेको हुनसक्छ । तर, नेपाल फिल्म क्षेत्रमा कुनै समय एक छत्र राज गरेकी यी नायिकाले आफू आमा बन्न लागेको खबर घुमाउरो तरिकाले आफ्ना शुभचिन्तकहरु माझ शेयर गरेकी छिन् ।
गतबर्ष प्रेमी बलराम शाही ठकुरीसँग बैबाहिक जीवनमा बाँधिएकी रेखा आमा बन्ने तयारीमा छिन् । विशेष श्रोतका अनुसार, रेखाको पेटमा ५ महिनाका सन्तान हुर्किदैछन् । रेखाले, श्रीमान्सँगको तस्वीर शेयर गर्दै सन्तान आवागमनको प्रतीक्षा गर्दै खुशी साटेकी हुन् ।
रेखाले फिल्म ‘उपहार’को छायांकन पनि गरिरहेकी छिन् । रेखाको पेट बढ्दै गएपछि निर्देशक ज्ञानेन्द्र देउजाले उनका दृश्यहरुको छायांकन पहिले गरिरहेका छन् । यसैले, रेखा फिल्मको छायांकन सुरु भएपछि एक दिन पनि खाली नबसी निरन्तर काम गरिरहेकी छिन् । फिल्मको छायांकन सकेपछि रेखाले पूर्ण रुपमा आराम गर्नेछिन् ।
केही दिन अगाडि चलचित्र विकास बोर्डले संविधान दिवसको उपलक्ष्यमा आयोजना गरेको सम्मान कार्यक्रममा पनि रेखा पुगेकी थिइनन् । रेखाले बढ्दै गरेको पेट मिडियाबाट लुकाउन खोजेको वुझिएको छ ।
संभवत, यो बर्ष रेखाका लागि दुई वटा खुशी मिल्नेछ । किनकी, एक त उनी आमा बन्ने तयारीमा छिन् । यसैबर्ष, सन्तानलाई जन्म दिने भएकाले पनि रेखाको जीवनमा सबैभन्दा ठूलो खुशी मिल्नेछ । अर्कोतिर, रेखाले निर्माण तथा अभिनय गरेको फिल्म ‘उपहार’ पनि यसैबर्ष रिलिज हुँदैछ । यसैले, रेखाका लागि यसपटक दोहोरो खुशी मिल्नेछ ।
रेखा र बलरामलाई धेरै धेरै बधाई छ ।

वान सिनेमाज्को स्पष्टिकरणः ‘एनिमल’मा दर्शकको प्रवेश पत्र जाँच गरेका छौं

बसन्तपुरको ‘पवित्र इनार’माथि नाँचेपछि प्रकाश सपुतको आलोचना

फिल्मसँगै ब्रान्डमा पनि उत्तिकै नाजिर

सम्राटको ‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’ फाइनल

‘छ्या ! के गरेको होला भन्ने भूमिकाबाट फिल्ममा डेब्यू गर्न चाहन्नँः उषा उप्रेती

‘एनिमल’मा विपिनलाई कुन भूमिकाका लागि अफर गरिएको थियो ?

पलाँस नायकको आक्रोश–‘हामीलाई भिलेनमा पत्याउनन्, एउटै कलाकारलाई कती हेर्नु ?

प्रतिक्रिया