‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

असोजको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक गरिएको छ । यो गीतमा फिल्मका निर्देशक नारायण रायमाझीको साथमा तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ । गीतमा रायमाझीको शब्द, रायमाझी र प्रेमदेव गिरीको संगीत छ ।
यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु प्रकाश सपुत र केकी अधिकारीको साथमा गायक तथा कलाकार प्रशान्त तामाङको अभिनय छ । भिडियोमा रामजी लामिछाने र गोविन्द राइको निर्देशन छ । कुलमान नेपाली र शेखर घर्तीको नृत्य निर्देशन रहेको गीतको भिडियोले दर्शक तथा श्रोतालाई नयाँ स्वाद दिनेछ ।
राजेश वंशल र नारायण रायमाझीको निर्माणमा तयार भएको फिल्ममा वर्षा सिवाकोटी, दिलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लु लगायतको अभिनय छ । यो फिल्ममा कथा तथा पटकथा रमेश वीजीको छ भने मानकृष्ण महर्जन फिल्मका छायांकार हुन् । दीर्घ खड्काले सम्पादन गरेको फिल्मले युवापुस्तामा पलाउँदै गएको बिदेश मोहको कथालाई उठान गरेको छ ।

वान सिनेमाज्को स्पष्टिकरणः ‘एनिमल’मा दर्शकको प्रवेश पत्र जाँच गरेका छौं

बसन्तपुरको ‘पवित्र इनार’माथि नाँचेपछि प्रकाश सपुतको आलोचना

फिल्मसँगै ब्रान्डमा पनि उत्तिकै नाजिर

सम्राटको ‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’ फाइनल

‘छ्या ! के गरेको होला भन्ने भूमिकाबाट फिल्ममा डेब्यू गर्न चाहन्नँः उषा उप्रेती

‘एनिमल’मा विपिनलाई कुन भूमिकाका लागि अफर गरिएको थियो ?

पलाँस नायकको आक्रोश–‘हामीलाई भिलेनमा पत्याउनन्, एउटै कलाकारलाई कती हेर्नु ?

प्रतिक्रिया