‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म


असोजको २६ गतेबाट नेपाली फिल्म ‘परदेशी २’ रिलिज हुने भएको छ । यो मितिमा अर्को फिल्म ‘कौसिद’ पनि रिलिज हुँदैछ । तर, ‘परदेशी २’को टिमले प्रचारमा तिव्रता दिइरहँदा निर्मात्री ऋचा शर्मा ‘कौसिद’को प्रचारमा सुस्त छिन् । 

यी दुई फिल्म रिलिज भएको एक सातापछि ‘पशुपति प्रसाद २ः भष्मे डन’ पनि रिलिज हुँदैछ । यो फिल्म यो बर्षकै सर्वाधिक प्रतिक्षित फिल्म हो । यो फिल्मले नेपाली बक्स अफिसमा बम्पर व्यापार गर्ने आँकलन भैरहेको छ । 

तर, असोज २६ र कार्तिक ४ को बिचमा २ वटा हिन्दी फिल्म रिलिज हुँदैछन् । दशैंको अवसरमा रिलिज हुन लागेका २ हिन्दी फिल्म नेपाली फिल्मका लागि चुनौती बन्न सक्छन् । 

बिहिबारट नै साउथका सुपरस्टार थलापति विजयको बहुप्रतिक्षित फिल्म ‘लियो’ रिलिज हुने भएको छ । यो फिल्मलाई नेपालमा मनोज राठी र उनको टिमले ल्याएको हो । नेपालमा थलापति विजयको क्रेज बलियो रहेकाले पनि यसले असोज २६ गतेबाट रिलिज भएका फिल्म ‘परदेशी २ र कौसिद’को शोज बिहिबार नै काट्नेछ । 

यस्तै, शुक्रबारबाट टाइगर श्राफ र कृति सेननको फिल्म ‘गणपत’ पनि रिलिज हुँदैछ । यसैले, असोज २६ बाट रिलिज भएका फिल्मको शोमा कटौती त हुन्छ नै, ‘पशुपति प्रसाद २ः भष्मे डन’को शो पनि यी दुई फिल्मले खोस्नेछन् । 
दर्शकले दशैंको समेमा २ हिन्दी फिल्म र एक नेपाली फिल्मका लागि कति समय दिन्छन् हेर्न बाँकी छ ।

तर, इनिसियल रुपमा भने यी दुई फिल्मका कारण दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को व्यापारमा केही असर पर्न सक्छ ।