इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ मा उप–निर्वाचन हुने भएको छ । इलामको क्षेत्र नम्बर २ बाट नेम्वाङले प्रतिनिधि सभामा जित हासिल गरेका थिए । तर, उनको निधन भएपछि अहिले उक्त स्थान रिक्त भएको छ ।
निर्वाचन आयोगले केही महिनामा नै यो क्षेत्रमा उप–निर्वाचन गर्ने तयारी गरेको छ । अब, यो क्षेत्रबाट कलाकार तथा नेतृ एलिजा गौतमले उम्मेदवारी दिने भएकी छिन् । मेरो फिल्मसँग कुरा गर्दै एलिजाले भनिन्–‘म यो क्षेत्रबाट निर्वाचन लड्ने पक्का जस्तै छ । यसका लागि एक मुख्य पार्टीसँग कुरा पनि भैसकेको छ । चाडै नै पार्टी प्रवेश गरेर आफ्नो उम्मेदवारी घोषणा गर्छु ।’
एलिजाले अहिले नै कुन पार्टीमा प्रवेश गर्न लागेको हो, त्यसको नाम भने खुलाइनन् । तर, इलामको क्षेत्र नम्बर २ बाट आफूले निर्वाचन लड्ने पक्का भएको उनले जानकारी दिइन् ।
एलिजा राजनीतिमा सक्रिय हुने कोशिशमा लागेको केही समय भइसकेको छ । उनले, केही महिना अगाडि नागरिक उन्मुक्ति पार्टी छाडेर स्वतन्त्र रुपमा राजनीति गर्ने बताएकी थिइन् । तर, अब उनी देशको मुख्य एक पार्टीबाट निर्वाचन लड्ने तयारीमा लागेकी छिन् ।
एक फिल्म र केही म्युजिक भिडियोमा काम गरेकी एलिजा राष्ट्रिय राजनीतिमा आउनका लागि फेरि तयार भएकी छिन् ।

वान सिनेमाज्को स्पष्टिकरणः ‘एनिमल’मा दर्शकको प्रवेश पत्र जाँच गरेका छौं

बसन्तपुरको ‘पवित्र इनार’माथि नाँचेपछि प्रकाश सपुतको आलोचना

फिल्मसँगै ब्रान्डमा पनि उत्तिकै नाजिर

सम्राटको ‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’ फाइनल

‘छ्या ! के गरेको होला भन्ने भूमिकाबाट फिल्ममा डेब्यू गर्न चाहन्नँः उषा उप्रेती

‘एनिमल’मा विपिनलाई कुन भूमिकाका लागि अफर गरिएको थियो ?

पलाँस नायकको आक्रोश–‘हामीलाई भिलेनमा पत्याउनन्, एउटै कलाकारलाई कती हेर्नु ?

प्रतिक्रिया