निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा


नायिका स्वस्तिमा खड्कालाई सधै एउटा प्रश्न मिडियाबाट आउने गर्दथ्यो, कि निश्चल बस्नेतको फिल्म कहिले गर्ने ? तर, स्वस्तिमाले यसको जवाफ सधै नै चाडै भनेर दिने गर्थिन् । 

तर, निश्चलसँग बिहे गरेपछि स्वस्तिमाले पहिलो पटक उनीसँग सहकार्य गरेकी छिन् । कार्तिकको २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘दिमाग खराब’मा निश्चल र स्वस्तिमाको सहकार्य निर्देशक र नायिकाको रुपमा भएको हो । 

स्वस्तिमाले निश्चललाई आफूले संगत गरेका थोरै मध्ये राम्रा निर्देशक भएको बताइन् । उनले भनिन्–‘निश्चल बस्नेत भनेका यस्ता निर्देशक हुन्, जसलाई सुटिङ सकाएपछि सबैले धन्यबाद भन्छन् होला । यति सजिलो र कुल निर्देशक ।’

स्वस्तिमाले निश्चल सुटिङ सेटमा कहिले  पनि नरिसाउने गरेको प्रतिक्रिया दिइन् । उनले भनिन्–‘निश्चल सुटिङ सेटमा कहिले पनि रिसाएको मैले देखिनँ । बरु, म आफै रिसाएँ भने पनि मलाई छेउमा लगेर संझाउनुहुन्थ्यो ।’

स्वस्तिमाले फिल्ममा निश्चलले आफूलाई उत्कृष्ट तरिकाले प्रस्तुत गरेको समेत बताइन् । दर्शकले आफ्नो भूमिका मन पराउने उनको भनाई थियो ।