पल र करिश्मालाई कती हतार ?

नायक पल शाहले फिल्म ‘मायाबी’को पहिलो चरणको छायांकन सके । निर्देशक दिवाकर भट्टराइले अब तिहारपछि दोश्रो चरणको छायांकन सुरु गर्नेछन् । यो फिल्ममा नायक पल शाहसँगै दीपिका प्रसाँई, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । 

यो फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । तर, फिल्मलाई लिएर निर्माण टिम जती उत्साहित छ, पल पनि उत्तिकै उत्साहित छन् । 

पल र करिश्माले पहिलो पटक फिल्मको पर्दा शेयर गरेका हुन् । यसैले, फिल्मको पर्दामा नै उनीहरुलाई हेर्दा दर्शकलाई पनि विशेष हुने थियो । 

तर, पल र करिश्माले फिल्मको रिलिजसम्म त परको कुरा, इन्ड क्ल्यापसम्म पनि आफूहरुलाई रोक्न सकेनन् । दुबैले फिल्मको पहिलो सेड्यूल सकिएर खाली रहेको समयमा म्युजिक भिडियोमा काम गरेका छन् । पल र करिश्मा अभिनित ‘१..२..३..४ स्विकार, मेरो नमस्कार’ बोलको गीत चाडै सार्वजनिक हुँदैछ । 

पलले आफूलाई म्युजिक भिडियोमा काम, फिल्ममा बढी केन्द्रित गर्ने हो भने उनलाई लिएर दर्शकमा देखिएको प्रतिक्षा अझै बढ्ने थियो । तर, न पलले न करिश्माले नै आफूलाई यो कुरामा रोक्न सकेको देखिन्छ । आखिर, फिल्ममा पहिलो पटक देखिन लागेका यी दुइलाई एकसाथ भिडियो खेल्न कती हतार भएको ?