स्वस्तिमा लेख्छिन्–‘हाम्रो लडाई टाइगरसँग होइन, हामीलाई दास बनाउनेहरुसँग हो’

नायिका स्वस्तिमा खड्काले नेपाली फिल्मले विदेशी फिल्म सरह शोज पाउनका लागि के गर्नुपर्ने हो भन्दै प्रश्न गरेकी छिन् । 

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘दिमाग खराब’लाई पाखा र हिन्दी फिल्मलाई काखा गरेपछि प्रदर्शकहरु बिरुद्ध स्वस्तिमाको आक्रोश पोखिएको हो । फिल्मको टिमले भने भोलीबाट हलबाट फिल्म उत्रार्ने निर्णय गरिसकेको छ । 

स्वस्तिमाले लेखेकी छिन्–‘नेपाली फिल्मप्रतिको अन्यायपूर्ण व्यवहार कहिलेसम्म सहनुपर्ने हो ?’ उनले, फिल्म ‘दिमाग खराब’को आक्रामक बुकिङको तस्वीर पोष्ट गर्दै यस्तो प्रश्न गरेकी हुन् । 

यस्तै, उनले अर्को एक स्टाटसमा बलिउड फिल्म ‘टाइगर ३’को भन्दा नेपाली फिल्म ‘दिमाग खराब’को बुकिङ आक्रामक रहेको समेत उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘भक्तपुरस्थित क्यूएफएक्समा आज दिमाग खराब र टाइगर ३ को बुकिङको अवस्था यस्तो छ । टाइगरको बुकिङ घट्दै जाँदा पनि जर्बजस्ती शो संख्या बढाइएको छ । बुकिङ रातै हुँदा पनि हाम्रो फिल्मलाई शो नदिएर हेपिएको छ । यो दादागिरी हो । हाम्रो लडाई टाइगरसँग होइन, उसलाई राजा बनाएर अरुलाई दास बनाउनेहरुसँग हो ।’