‘बलिदान’मा केन्द्रिय भूमिकामा सौगात, अर्पण भिलेन

सन्तोष सेनको निर्माण तथा निर्देशनमा तयार हुन लागेको फिल्म ‘बलिदान’मा नायक सौगात मल्ललाई अफर गरिएको छ । फिल्मको केन्द्रीय भूमिकाका लागि सौगात मल्ललाई अफर गरिएको निर्माणपक्षले पुष्टि गरेको छ । फिल्मको प्रि टिजर सार्वजनिक गरेपछि नै सौगात मल्लसँग निर्माणपक्षले कुरा गरिरहेको खबर फिल्मी वृत्तमा चलेको थियो ।
फिल्मका निर्देशक सेनले भने–‘सौगात मल्लसँग कुराकानी अन्तिम चरणमा पुगेको छ । तर, फिल्मका लागि कागजी संझौता भने भइसकेको छैन । केही दिनमा नै कुराकानी टुंगो लाग्छ ।’
निर्माता सेनले आगामी दशैँमा रिलिज गर्ने गरि फिल्म निर्माणको तयारी गरिरहेका छन् । यसका लागि उनले फिल्ममा खल पात्रको रुपमा अर्पण थापालाई फाइनल गरिसकेका छन् । सौगात मल्ललाई नै केन्द्रीय भूमिकाका लागि फिट देखेपछि सन्तोष अफर लिएर पुगेका हुन् ।
फिल्ममा सन्तोष आफैले पनि काम गर्दैछन् । अझै, एक जना नायकको आवश्यकता फिल्ममा पर्नेछ । निर्माणपक्षले कलाकारको छनोट आन्तरिक रुपमा तीब्र गरेको बुझिएको छ ।

दया भन्छन्–‘दुखी आत्मा’ले बोलेको कथामा कुरा हुन जरुरी छ’

‘राजागञ्ज’ टिजरः अपहरित दुई बालकको खोजीमा प्रहरीको अप्रेसनको कथा

प्रिमियरमा ‘ममी’लाई प्रतिक्रियाः ‘अहिलेसम्मकै उत्कृष्ट नेपाली हरर फिल्म’

विशेष शोमा मन पराइयो लक्ष्मणको "सतीदेवी"

फिल्म 'मायाप्रीति' मा दिव्या

मिलनको निर्देशनमा ‘सुम्निमा’ निर्माणको घोषणा

‘हन्टर’मा अरुणको यस्तो लुक्स, के बाहिरिएकी हुन् गरिमा ?

प्रतिक्रिया