‘यो नेपाली शिर उचाली’ गीतमा विक्की कौशलको ‘खुकुरी डान्स’

बलिउड नायक विक्की कौशल आफ्नो नयाँ फिल्म ‘सामबहादुर’को प्रचारमा व्यस्त छन् । यो फिल्म डिसेम्बर १ तारिखबाट रिलिज हुँदैछ ।
फिल्ममा शिर्ष भूमिकामा देखिएका विक्की विशेषगरि, भारतीय सेनाको साथमा प्रचारमा बढी व्यस्त भएको देखिन्छ । यो फिल्ममा उनले ‘सामबहादुर’ नाम गरेका आर्मी अफिसर्सको भूमिकामा काम गरेका छन् ।
यसैबिच, फिल्म प्रचारका लागि उनी गोर्खाली सेनाको एक कार्यक्रममा पुगेका छन् । यो कार्यक्रममा पुगेर उनले ‘यो नेपाली शिर उचाली’ गीतमा गोर्खाली सेनाहरुसँग नृत्य गरेका छन् ।
विक्कीले सामाजिक संजालमा लेखेका छन्–‘म उनीहरुको खुकुरी बोक्न पाउँदा भाग्यमानी महशुश गरिरहेको छु । उनीहरुसँग नै डान्स गर्न पाउँदा खुशी छु । जय मा काली, आयो गोर्खाली ।’
विक्कीको यो डान्सले सामाजिक संजालमा चर्चा पाइरहेको छ । फिल्म ‘सामबहादुर’को ट्रेलर सार्वजनिक भएसँगै विक्कीको कामको पनि खुलेरै तारिफ भैरहेको छ । बक्स अफिसमा यो फिल्मले राम्रो कमाई गर्ने विश्वास ट्रेडहरुको छ ।

वान सिनेमाज्को स्पष्टिकरणः ‘एनिमल’मा दर्शकको प्रवेश पत्र जाँच गरेका छौं

बसन्तपुरको ‘पवित्र इनार’माथि नाँचेपछि प्रकाश सपुतको आलोचना

फिल्मसँगै ब्रान्डमा पनि उत्तिकै नाजिर

सम्राटको ‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’ फाइनल

‘छ्या ! के गरेको होला भन्ने भूमिकाबाट फिल्ममा डेब्यू गर्न चाहन्नँः उषा उप्रेती

‘एनिमल’मा विपिनलाई कुन भूमिकाका लागि अफर गरिएको थियो ?

पलाँस नायकको आक्रोश–‘हामीलाई भिलेनमा पत्याउनन्, एउटै कलाकारलाई कती हेर्नु ?

प्रतिक्रिया