फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

नायिका आँचल शर्माको करिअर नयाँ बर्षमा रिलिज हुन लागेको फिल्म ‘डिग्री माइला’पछि नयाँ उचाइमा पुग्ने आकलन गर्न सकिन्छ । किनकी, यो बर्ष फिल्म ‘नाई नभन्नु ल ६’ असफल भए पनि आँचलको करिअरमा त्यस्तो फरक परेको छैन । उनको हातमा ३ वटा फिल्म छन् ।
जसमध्ये फिल्म ‘डिग्री माइला’को छायांकन सुरु भइसकेको छ । यो फिल्ममा आँचल नायक दयाहाङ राईकी प्रेमिकाको भूमिकामा देखिदैछिन् । स्रोतका अनुसार, आँचल र दयाको अन्तरजातिय प्रेम फिल्ममा हेर्न सकिनेछ ।
आँचलले फिल्म ‘पञ्चामृत र ह्वाइटमा हाउस’ पनि साइन गरिसकेकी छिन् । फिल्मी पर्दामा आँचल शर्मा सफ्ट छिन् । नयाँ बर्षमा रिलिज हुन लागेको फिल्म ‘डिग्री माइला’मा आँचललाई निर्देशक रामबाबु गुरुङले सफ्ट अवतारमा नै उतारेका छन् । तर, आँचल सामाजिक संजालमा भने बोल्ड देखिन्छिन् । आँचलले बुधबार मात्र पोष्ट गरेको दुई तस्विरमा पनि उनको बोल्ड अवतार छल्किएको छ ।
विशेषगरि, आँचलको पहिरन र शारीरिक मेन्टेनको चौतर्फी प्रशंसा भइरहेको छ । आँचलले पनि सामाजिक संजालमा आफ्ना पछिल्ला तस्विर शेयर गर्दै फ्यानहरुलाई उत्साहित बनाइरहेकी छिन् ।

दया भन्छन्–‘दुखी आत्मा’ले बोलेको कथामा कुरा हुन जरुरी छ’

‘राजागञ्ज’ टिजरः अपहरित दुई बालकको खोजीमा प्रहरीको अप्रेसनको कथा

प्रिमियरमा ‘ममी’लाई प्रतिक्रियाः ‘अहिलेसम्मकै उत्कृष्ट नेपाली हरर फिल्म’

विशेष शोमा मन पराइयो लक्ष्मणको "सतीदेवी"

फिल्म 'मायाप्रीति' मा दिव्या

मिलनको निर्देशनमा ‘सुम्निमा’ निर्माणको घोषणा

‘हन्टर’मा अरुणको यस्तो लुक्स, के बाहिरिएकी हुन् गरिमा ?

प्रतिक्रिया