हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

“अरिजीत सिंह लाइभ ईन नेपाल” चाबहिल स्थित हायात ग्राउन्डमा आज सुरु हुँदैछ ।

आफ्नो सुमधुर आवाज र सङ्गीतका धनी भारतीय गायक अरिजीत सिंह नेपाली श्रोताहरूमाझ पनि निकै रुचाइएका गायकमा पर्दछन् । अरिजीत नेपालमा पहिलो पटक आएका हुन् ।

“अरिजीत सिंह लाइभ ईन नेपाल”को आयोजना ग्यारेज इन्टरटेनमेन्ट र एम.एन. प्रोडक्सनले तय गरेका हुन्। 

भारतीय पार्श्व गायकका रूपमा परिचित अरिजीत सिंह “तुम ही हो”, “केसरिया”, “झुमे जो पठान”, “खैरियत”, “अपना बना ले” जस्ता थुप्रै लोकप्रिय हिन्दी गीतहरूका लागि परिचित छन्।

ग्यारेज इन्टरटेनमेन्ट र एम.एन. प्रोडक्सन द्वारा आयोजित यस कार्यक्रमले नेपालको मनोरञ्जनको क्षेत्रमा ठुलो योगदान गर्ने विश्वास रहेको आयोजकको भनाई छ । 

विगतका दिनहरूमा पनि यस्तै थुप्रै कार्यक्रम हरू आयोजना गर्दै आएको र आगामी दिनहरूमा पनि यस क्षेत्रलाई थप उचाइमा पुर्‍याउनका लागि मद्दत गर्ने आयोजकले बताए।

“अरिजीत सिंह लाइभ ईन नेपाल” को साधारण टिकट मूल्य रु. ४००० बाट सुरु हुने तथा थप सुविधाहरू सहित अरू टिकट दरहरू समेत उपलब्ध हुने आयोजक ले जनाएका छन् । मंगलबारबाट बिक्री खुल्ला हुने सो टिकट खल्ती डिजिटल वालेट बाट मात्रै खरिद गर्न सकिने छ। 

यस कार्यक्रमको करिब १८ हजार टिकट बिक्री भएको खल्तीले बताएको छ । जसमा अनलाइन टिकट ९ हजार भएको छ ।