पोखरामा २५ दिनको सेड्यूल तय गर्दै सुरु भयो ‘फर्की फर्की’को छायांकन


सुयोग गुरुङको निर्देशनमा तयार हुने फिल्म ‘फर्की फर्की’को छायांकन आजबाट पोखरामा सुरु भएको छ । पोखरामा यो फिल्मलाई २५ दिने खिच्ने सेड्यूल छ । 

रोहित अधिकारी र ओम अग्रवालको निर्माणमा तयार हुने फिल्मको पहिलो दिनको सेड्यूलमा पोखरामा अनमोल केसीले फिसिङ गरिरहेको दृश्य खिचिएको छ । २५ दिनसम्म फिल्मका मुख्य कलाकारहरु अनमोल केसी, जसिता गुरुङ, रवी काफ्ले र समृद्धी अर्याल लगायतका कलाकारको दृश्य खिचिनेछ । 

फिल्ममा यी चार कलाकारको अलवा कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, आशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य, अर्नव घिमिरे, प्रेम पाण्डे  लगायतका कलाकारको मुख्य भूमिका रहेनछ । 

फिल्मलाई पोखरासँग मुस्ताङ, अन्नपूर्ण बेस क्याम्प, काठमाडौं र इन्डोनेसियाको बालीमा खिचिने छ । 

यो फिल्ममा मनोज वली र राजु न्यौपाने सह–निर्माताको रुपमा छन् भने अनिरुद्र गिरी फिल्मका कार्यकारी निर्माता हुन् । फिल्ममा नरेन्द्र मैनालीको डीओपी, अष्ट महर्जनको एक्सन, सुयोग गुरुङको कथा तथा पटकथा, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, किरण थापाको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहनेछ । यो फिल्मका प्रोडक्शन हेड शंकर पाण्डे हुन् ।