अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

२ दिन अगाडि हायाट होटलको चौरमा भव्य सांगीतिक प्रस्तुति दिएका बलिउडका सर्वाधिक सफल पाश्र्व गायक अरिजित सिंहको तारिफ गरेर नेपाली दर्शकहरु अझै थाकेका छैनन् । अझ, अरिजितलाई एक फ्यानले नेपालको राष्ट्रिय झण्डा दिएपछि उनले काँधका ओडेरै गीत गाए । अहिले, यसको सर्वाधिक चर्चा भैरहेको छ । अरिजितको साधारण व्यवहारको प्रशंसा पनि भैरहेको छ । 
यस्तै, भारतीय टेलिभिजनबाट प्रशारण हुने चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल १४’मा पुगेका बलिउड नायक रणवीर कपुरले नेपाली चेली मेनुका पौडेलको खुट्टा छोए । मेनुकाको खुट्टा छुँदै कपुरले आर्शिवाद लिएको दृश्य हेरेपछि नेपालीहरु भावुक भए । रणवीरको महानताको प्रशंसा भैरहेको छ । 

तर, यी दुई कलाकारको व्यवहार हेरेपछि गायक राजेश पायल राइले भने प्रश्न उठाएका छन् । राजेशले सामाजिक संजालमा लेखेका छन्–‘अरिजित सिंहले नेपाली झण्डा ओढे जसरी या रणवीर कपुरले नेपाली चेलीको खुट्टा छोएर आर्शीवाद मागे जसरी हामी कलाकारले भारतमा भारतको झन्डा या कुनै पनि देशमा प्रस्तुति दिदा त्यही देशको झन्डा बोकेको भए हामीले माफी र गाली पाउथ्यौं कि नाई ? जिज्ञासा ।’

राइको यो प्रश्नमा नायिकाद्धय सुरक्षा पन्त र बेनिशा हमालले समर्थन गरेका छन् । उनीहरुले, सोचनीय बिषय भन्दै सामाजिक संजालमा गायक राइको स्टाटस शेयर गरेका छन् । 

गायक राइले कुनै विदेशी कलाकारले सोही काम गर्दा महान् ठानिने तर त्यही व्यवहार नेपाली कलाकारले गर्दा गाली गलौज हुनेतर्फ इङ्गित गरेका छन् ।