बैबाहिक जीवनमा बाँधिए निर्देशक खड्का

नेपाली म्युजिक भिडियोका सफल निर्देशक निकेश खड्का बैबाहिक जीवनमा बाँधिएका छन् । निकेशले आफ्नी प्रेमीका अन्विषा खड्गीसँग आज बिबाह गरेका हुन् ।

बत्तीसपुतलीको राम मन्दिरमा आफन्त र परिवारका सदस्यहरूको उपस्थितिमा निकेश र अन्विषाले लगनगाँठो कसेका हुन् । 

निकेश र अन्विषा विगत १ बर्षदेखि प्रेम सम्बन्धमा थिए । अन्विषा रातो पुलमा बस्दै आएकी छिन् । 

यी दुईले केही दिनपछि आफ्ना साथीहरू र आफन्तका लागि बिहे भोजको आयोजना समेत गरेका छन् । 

निर्देशक खड्काले ‘जिन्दगी रक्स, फाँटेको जुत्ता, चपली हाइट ३’ फिल्म निर्देशन गरेका छन् । म्युजिक भिडियो निर्देशनमा भने खड्का सर्वाधिक अगाडि छन् । उनले, दर्जनौ म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । निकेश र अन्विषालाई धेरै धेरै बधाई ।