‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । उनले निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम ‘दुःखी आत्मा’ राखिएको छ । यो फिल्मलाई क्लब क्रिएसन्स र हिमाल कडरियाले निर्माण गर्नेछन् । हिमालले यसअघि फिल्म ‘नाङ्गो गाउँ’ निर्माण गरेका थिए । 

फिल्मको मुख्य भूमिकामा नायक दयाहाङ राई फाइनल भइसकेका छन् । दीपेन्द्र, दया र हिमालको ‘नाङ्गो गाउँ’को सफलतापछि ‘दुःखी आत्मा’मा फेरि सहकार्य हुन लागेको हो । हिमाल र दीपेन्द्रले फिल्म ‘नाङ्गो गाउँ २’ निर्माणको घोषणा पनि गरिसकेका छन् । 

यो फिल्मका लागि अन्य कलाकार फाइनल गरिएको छैन । निर्देशक लामाले यो फिल्मलाई समाजकै कथामा निर्माण गर्ने बताए । मानिसहरू बाहिरी रुपमा जति खुशी देखिए पनि भित्र भित्रै दुःखी आत्मा लिएर बाँच्ने कथामा यो फिल्म बन्नेछ । फिल्मको छायांकन काठमाडौंमा हुने निर्माणपक्षले बताएको छ। 

निर्देशक लामा र नायक दयाहाङ राईले ‘घामपानी, २ नम्बरी र नांगो गाउँ’पछि ‘दुःखी आत्मा’मा सहकार्य गर्न लागेका हुन् ।