उषासँग राजुको ‘घर नभाको मान्छे’

केही बर्ष अगाडिसम्म संचारमाध्यममा सक्रिय रहेका राजु अर्याल हाल अष्ट्रेलियामा छन् । राजुले लामो समयदेखि साहित्यमा पनि कलम चलाउँदै आएका थिए । उनै, राजुले दर्शकमाझ ‘घर नभाको मान्छे’ बोलको गीत प्रस्तुत गरेका छन् । 

प्रमोद खरेल र रिता केसीको स्वरमा समावेश यो गीतमा राजु अर्यालको शब्द तथा संगीत छ । 

यो गजलले घर नभाको एक प्रेमीको कथा बोलेको छ । भिडियोमा राजु अर्याल र मोडल उषा उप्रेतिले पर्दा शेयर गरेका छन् ।

महेश पौडेलको निर्देशनमा तयार भएको भिडियोमा गोपाल रायको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ । उमा भट्टराइले यो भिडियोको निर्माण गरेकी हुन् ।