राजेश घिमिरेको ‘तिम्रो निम्ति’ सार्वजनिक

राजेश घिमिरेको नयाँ गीत ‘तिम्रो निम्ति’ को भिडियो सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा राजेशकै स्वर तथा संगीत रहेको छ। गीतमा राजेश र सविनको शब्द सिर्जना छ।

गीतको म्युजिक भिडियोलाई पनि उनैले निर्देशन गरेका छन्। 

सुजना लिम्बु र सव्रिना फिचर्ड रहेको भिडियोमा एक प्रेम जोडीको जीवनमा वैदेशिक यात्राले ल्याउने उतारचढावलाई वियोगान्त शैलीमा निर्माण गरिएको छ। 

भिडियोलाई हरि हुमागाईं र सौरभ मानन्धरले खिचेका हुन् भने प्रविन श्रेष्ठले सम्पादन गरेका छन्।