फिल्म 'जम्प' को ‘फेरि फर्किन्छ’ गीत सार्वजनिक

साइको थ्रिलर फिल्म ‘जम्प’को नयाँ गीत सार्वजनिक भएको छ । फरक शैलीमा तयार पारिएको ‘फेरी फर्किन्छ’ बोलको गीत शुक्रबार युट्युवमा रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार सबैलाई प्रस्तुत गरिएको छ । विशाखा चन्द र भाष्कर स्वरको रहेको गीतमा गायक स्वरको नै शब्द रचना तथा संगीत सुन्न सकिन्छ । आशुतोषध्वज कार्कीले जम्पबाट निर्देशनमा डेव्यु गर्दैछन् । रिलिज मिति नजिकिदै गर्दा कार्कीले ट्रेलर सार्वजनिक गरेपसिछ सिनेमाको गीत रिलिज गरेका हुन् ।

यही मंसिर २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म वास्तविक जीवनमा आइपर्ने बाधा र त्यसलाई पन्छाउनका लागि चालेको एउटा अनौठो कदमपछिको अवस्था र तनावलाई प्रस्तुत निर्देशक कार्की बताउँछन् । एथ्लेटिक्स खेलाडीले आफ्नो जीवन परिवर्तनका लागि दैवी शक्तिको साहारा लिएपछि आउने घटनाक्रमको कथा फिल्मले पेस गर्छ ।

फिल्ममा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको मुख्य भुमिका रहेको छ ।

फरक स्वादको सिनेमा भएकाले दर्शकका लागि रुचिकर हुने आशा निर्माणपक्षले गरेको छ । फिल्मको कथा र संगीत स्वयं निर्देशक कार्की हो । इशा खड्का कार्यकारी निर्माता रहेको फिल्मलाई गोबिन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।