कुन्साङको सेल्फीमा आकाश र करुणा

नायक आकाश श्रेष्ठ र मोडल करुणा श्रेष्ठबीचको प्रेम चर्चा लामो समयदेखि फिल्म क्षेत्रमा चलिरहेको छ । म्युजिक भिडियोमा पनि यी दुई छाइरहेका छन् । भिडियो बनाउनेहरू पनि यो लभ जोडीलाई लिएर काम गर्न अग्रसर देखिन्छन् । 

तर, आकाश र करुणाले भने सार्वजनिक रुपमा दुईको प्रेम स्विकार गरेका छैनन् । तर, यी दुई एकसाथ देश मात्र होइन विदेश समेत पुग्ने गर्छन् ।

यसैबिच, शनिबार बेलुकी आयोजना भएको निर्देशक निकेश खड्काको बिहे पार्टीमा आकाश र करुणा पुगेका थिए । उनीहरूले केही घन्टा पार्टीमा बिताए । सो अवसरमा आकासले करुणाप्रति देखाएको माया पार्टीमा पुग्ने अधिकांशले नोटिस गरेका थिए । 

पार्टीमा पुगेका नायक कुन्साङ बोमजमले करुणा र आकाशसँग सेल्फी खिचेर सामाजिक संजालमा पोष्ट गरेका छन् । उनले दुई राम्रा व्यक्तिहरूसँग समय बिताउन पाएको भन्दै खुशी व्यक्त गरेका छन् । 

एकसाथ विदेश गएर पनि आकाश र करुणाले एकसाथ फोटो पोष्ट गरेनन् । तर, कुन्साङले आकाश र करुणासँगको सेल्फी पोष्ट गरेर उनीहरूको माया सबै सामु झल्काइदिएका छन् ।