नाजिर हुसेनः अब्बल अभिनय गर्छन् तर किन चल्दैनन् ?

नायक नाजिर हुसेन अब्बल अभिनय गर्छन् । फिल्म ‘गुन्यू चोलो’मा उनले तेस्रो लिङ्गी महिलाको भूमिका निर्वाह गरेका छन् । यो फिल्मको फस्टलुकले यसै हंगामा मच्चाएको होइन । तर, निर्देशक समुन्द्र भट्टले समयमा नै फिल्मको काम नसक्दा यसले पाएको हाइप फेरि सेलाएको छ ।
 
नायक नाजिर हुसेनको ‘अगस्त्य र गुन्यू चोलो’ अर्को बर्ष रिलिज हुने फिल्म हो । यो फिल्ममा तेस्रो लिङ्गी महिलाको भूमिकामा देखिन लागेका नाजिरको गेटअप गजब छ । उनले, फिल्मका लागि आफूलाई जुन तरिकाले निखारेका छन्, त्यसले सबैको ध्यान तानेको छ । 

यो फिल्मको डबिङ बल्ल सकिएको छ । आकाश बुढाथोकी यो फिल्मका निर्माता हुन् । दि स्काई ओसियन इन्टरटेन्मेन्ट र भिजन इन्टरटेन्मेन्टको ब्यानरमा यो फिल्म बनेको हो । 

नाजिरको अभिनयको प्रशंसा सबैतिर भैरहँदा पनि उनी फिल्म क्षेत्रमा जम्न सकिरहेका छैनन् । उनले, आफूलाई फिल्म क्षेत्रमा किन बलियो रुपमा उपस्थित गराउन नसकेका होलान् ?

नाजिरले करिअरमा केही कमजोर फिल्ममा पनि काम गरे, जसको असर उनलाई अहिले परिरहेको छ । तर, ‘गुन्यू चोलो र अगस्त्य’ले भने उनको करिअरलाई नयाँ उचाइमा पुर्याउन सक्छ ।