दयाका ६ फिल्म रिलिजको तयारीमा, एक दर्जनको निर्माण घोषणा


नायक दयाहाङ राइको व्यस्तता नेपाली फिल्म क्षेत्रमा उच्च छ । अहिले दयाका लागि एक दिन पनि फुर्सद छैन भन्दा हुन्छ । यो बर्ष मात्र दयाका ५ वटा फिल्म रिलिज भइसकेका छन् । जसमध्ये, ‘जारी, नांगो गाउँ र दिमाग खराब’ व्यवसायिक रुपमा सफल भए । 

यो बर्ष नै दयाका अझै ४ वटा फिल्म रिलिजको तयारीमा छन् । यो बर्ष दयाका ‘हात्तीछाप, दयारानी, रंगेली र डिग्री माइला’ रिलिजको तयारीमा छन् । यदि, कुनै फिल्म रिलिजको सेड्यूल थपिएन भने दयाका यो बर्ष ९ वटा फिल्म रिलिज हुनेछन् । 

दयाका केही फिल्म अर्को बर्ष रिलिज गर्ने तयारी अवस्थामा छन् । जसमा ‘राजागन्ज र गाउँ आएको बाटो’को छायांकन सकिएको छ । यो फिल्म संभवत अर्को बर्ष रिलिज हुनेछ । 

तर, उनै दयाका करिब एक दर्जन फिल्म छायांकनका लागि तयार छन् । यी फिल्मको निर्माण घोषणा भैसकेको छ । यसैले, आउँदो बर्ष दयाका एक दर्जन फिल्म रिलिज हुने पक्का देखिएको छ । 

दयाको निर्माण घोषणा भएका फिल्महरुमा ‘कार्साङ्ग, घर ज्वाँई, भूठान, लोकल हिरो, रिमै, बरिष्ठ बलराम, दुःखी आत्मा, नांगो गाउँ २, गाउँ नै रमाइलो र कबड्डी ५’ छन् । यी फिल्महरुको निर्माणको घोषणा भैसकेको छ र एकपछि अर्को सेड्यूलमा छायांकन हुनेछ । 

दयाका लागि अहिले आफू अभिनित फिल्मको प्रचार गर्ने समय नै छैन । उनी, फिल्म ‘नाङ्गो गाउँ’को प्रचारमा कही कतै पनि देखिएनन् । अझै, दयालाई फिल्मको अफर आउन छाडेको छैन । 

दयाले अर्को बर्षदेखि फिल्ममा अभिनय गर्न कम गर्ने बताएका थिए । तर, अर्को बर्ष उनको यो बर्षको भन्दा बढी फिल्म हुने देखिएको छ । 
अहिले फिल्म क्षेत्रका सबै नायक एकातिर, दयाहाङ अर्कोतिर जस्तै छन् । दयामाथि निर्माताले आँखा चिम्लिएर लगानी गरिरहेका छन् । 

यसले दयाको व्यस्तता मात्र दर्शाउँदैन, उनको लथालिङ्ग पाराको काम गराई पनि देखाउँछ । कतिपय फिल्ममा त दयाहाङको अनुहार मात्र भएपनि राख्न पाए हुन्थ्यो भन्ने सोचमा निर्माता पुगेका छन् । कुनै समय राजेश हमालको टाउको विक्थ्यो । अहिले दयाको बिकिरहेको छ ।

त्यो बेलामा राजेश हमालको काम गराई लथालिङ्ग पाराको थियो । अहिले दयाको काम गराई त्यस्तै छ ।