फिल्मको नाम दिन हतार गर्ने बोर्ड बक्स अफिस लुकाउँछ

केही दिन अगाडि चलचित्र विकास बोर्डमा एउटा फिल्मको नाम दर्ता भयो । बोर्ड अध्यक्ष भुवन केसीको टेबलमा फिल्मको दर्ताको फाइल पुग्यो ।

विकास बोर्ड अध्यक्षको टेबुलमा फाइल पुगेको केही मिनेटमै चलचित्र विकास बोर्डबाट फिल्मको नाम मिडियामा बाहिरियो । विकास बोर्डले फिल्मको नाम दर्ता हुने वित्तिकै सार्वजनिक गरेको भन्दै फिल्मीकर्मी रुष्ट हुने गरेका छन् । तर, विकास बोर्डबाट फिल्मको नाम सार्वजनिक हुन छाडेको छैन ।
 
विकास बोर्डले फिल्मको नाम धमाधम लिक गरिरहँदा फिल्मको बक्स अफिस भने लुकाउन थालेको छ । असारसम्म फिल्मको बक्स अफिस सार्वजनिक गरेको विकास बोर्डले यसपछि भने लुकाएको छ । विकास बोर्डका सबै कर्मचारीहरूले अहिले बक्स अफिसको आँकडा दिन छाडेका छन् ।
 
वितरक र निर्माताहरूबाट दबाब आउन थालेपछि विकास बोर्डले बक्स अफिस आँकडा दिन छाडेको हो । बोर्डका अध्यक्ष भुवन केसीले सुरुवातमा हरेक दिन बोर्डले बक्स अफिस आँकडा सार्वजनिक गर्ने बताएका थिए । पछि, उनी तीन महिनामा पुगे । अहिले भने बोर्डले बक्स अफिस आँकडा नै दिन छाडेको छ । 

उल्टो बाटोमा हिँडिरहेको विकास बोर्डले फिल्म दर्ता हुने वित्तिकै नाम सार्वजनिक गर्न नहुने फिल्मीकर्मीहरुको भनाई छ ।