‘डंकी’को ट्रेलरमा देशप्रेम, कमेडी र मित्रताको कथा

निर्देशक राजकुमार हिरानीको निर्देशनमा तयार भएको फिल्म ‘डंकी’को ट्रेलर सार्वजनिक गरिएको छ । ड्रप ४ नाम दिएर सार्वजनिक गरिएको टिजरमा ५ जना साथीहरूको कथा देखाइएको छ । 

ट्रेलरमा नायक साहरूख खान, नायिका तापसी पन्नुको साथमा विक्की कौसल, वोमन हिरानी लगायतलाई देखाइएको छ ।
 
फिल्मको टिजरमा ५ जना साथीको मित्रता, साहरूख र तापसीको प्रेम, लण्डन जान चाहनेहरूको संघर्ष र देश प्रेमको कथालाई देखाइएको छ । 

यो ट्रेलर सार्वजनिक भएसँगै फिल्मको क्रेज ह्वात्तै बढ्ने अपेक्षा गरिएको छ । राजकुमार हिरानीले सधैं नै फरक कथालाई मन छुने तरिकाले प्रस्तुत गर्दै आएका छन् । यसपटक पनि ‘डंकी’ले डिसेम्बर २१ मा बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाउने अपेक्षा गरिएको छ ।