मृगौला फेल भएपछि ‘सीआइडी’का ‘फ्रेडी’को निधन

कलाकार दिनेश फाडनिसको निधन भएको छ । उनको ५७ बर्षको उमेरमा आज निधन भएको हो । 

उनको मृगौला फेल भएपछि उपचारका लागि सोमबार अस्पताल भर्ना गरिएको थियो । तर, उनको उपचारका क्रममा मंगलबार निधन भएको हो । 

दिनेशलाई आम दर्शकले चर्चित टेलिभिजन सिरियल ‘सीआइडी’मा ‘फ्रेडी’को रुपमा चिन्दै आएका छन् । 

यी कलाकारको अभिनयले दर्शकलाई क्राइम शो भित्र पनि मनोरञ्जन दिएको थियो । करिब २ दशक प्रशारण भएपछि ‘सीआइडी’को प्रशारण बन्द भएको थियो ।