रातको १ बजे अनमोलसँग जसिताको यस्तो सेल्फी

नायक अनमोल केसी र नायिका जसिता गुरुङले पहिलो पटक फिल्म ‘फर्की फर्की’मा काम गरिरहेका छन् । यो फिल्मको छायांकन विगत २ सातादेखि पोखरामा भइरहेको छ । 

रोहित अधिकारी र ओम अग्रवालले मिलेर बनाइरहेको यो फिल्ममा रवि काफ्ले, समृद्धी अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकार पनि छन् । तर, फिल्ममा जोडिएपछि अनमोल र जसिताको निकटताको चर्चा पनि भइरहेको छ । 

फिल्मको शुभसाइत समारोहमा अनमोलले जसिताप्रति देखाएको निकटताको पनि मिडियामा राम्रै चर्चा भएको थियो ।

यसैबिच, जसिताले मंगलबार बिहान १ बजेर ३ मिनेटको समयमा एउटा सेल्फी आफ्नो फेसबुक स्टोरीमा पोष्ट गरेकी छिन् । रातको १ बजे लिइएका कारण पनि तस्विर स्पष्ट छैन ।

तर, उनी र अनमोल केसीले रातको १ बजे पनि सुटिङ गरिरहेको तस्विरबाट बुझ्न सकिन्छ । यो बाहेक जसिताले पोष्ट गरेको सेल्फीले यी दुइको बढ्दो निकटता पनि प्रमाणित गर्छ । 

फिल्म ‘फर्की फर्की’ आउँदो बर्षको जेठ ११ गतेबाट रिलिज हुँदैछ ।