‘चिठ्ठी’को ‘टुटेको तारा’ गीत सार्वजनिक

प्रदर्शन मिति तय नगरिएको फिल्म ‘चिठ्ठी’को पहिलो गीत ‘टुटेको तारा’ रिलिज गरिएको छ । माधवराज खरेलको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा शिव परियारको स्वर, डाक्टर कृष्णहरि बरालको शब्द र सरोज कोइरालाको संगीत छ । 

कमेडी कथामा निर्माण भएको यो फिल्ममा संजित भण्डारी, खबपु, कञ्चन चालिसे, माधवराज खरेल, गोपाल ढकाल, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुसाल, श्रीदेव भट्टराई लगायतका कलाकारको अभिनय छ । 

यो फिल्ममा जीवन पराजुली र राजन खरेलको छायांकन, माधव खरेल र अच्युत बजगाईँको छायांकन, किरण दाहालको एक्सन छ । 

यो फिल्मको छायांकन काभ्रेपलाञ्चोक तथा ललितपुरका विभिन्न रमणीय स्थानमा गरिएको छ । यो फिल्मको हाल पोष्ट प्रोडक्शनको काम भइरहेको छ ।

इरा प्रोडक्शनको प्रस्तुतिमा तयार भएको यो फिल्ममा कमला जोशीको लगानी छ ।