जब पोखरामा दीपक र पारसले तस्विर खिच्दा दर्शकले ‘राजा’ भन्दै बोलाए...

लेखक, कलाकार तथा निर्माता दीपकराज गिरी फिल्म ‘छक्का पन्जा ५’को पहिलो ड्राफ्ट तयार गर्न पोखरामा छन् । केही दिनदेखि पोखरामा रहेर उनले फिल्मको पहिलो ड्राफ्टलाई अन्तिम रुप दिइरहेका छन् । यसपछि भने दीपकले आफ्ना साथीहरूसँग बसेर फिल्मको पटकथालाई अन्तिम रुप दिनेछन् ।
उनीसँग ३–४ दिनदेखि निर्देशक दिनेश डीसी पनि जोडिएका छन् । दिनेश पोखरामा गएको समयमा दीपकसँग भेट भएको हो । यसपछि, भने उनीहरू एकसाथ छन् ।
तर, आइतबार पोखराको सडकमा उनीहरूसँग पूर्व युवराज पारस विक्रम शाहसँग भेट भयो । पोखराको सडकमा अचानक भेट भएपछि उनीहरूले एकसाथ तस्विर खिचाए । तस्विर खिचाउने क्रममा सडकमा हिँडिरहेका जनताले ‘राजा’ भनेर बोलाएका थिए । तर, जनताले ‘राजा’ कसलाई भने, यो दीपकलाई पनि थाहा छैन । तर, फिल्म ‘छक्का पन्जा’को सिरिजबाट दीपकराज गिरी ‘राजा’ उपनामले पनि चिनिएका छन् ।
दीपक र पारसबीच लामो कुराकानी हुन पाएन । सडकमै लामो कुराकानी गर्न थाल्दा भीड हुने र ट्राफिक जाम हुने अवस्था थियो । यसैले, पारससँग हात मिलाउँदै तस्विर खिचाएपछि आफूहरू गाडी चढेर आफ्नो होटलतर्फ लागेको दीपकले बताए ।

सौगात सृष्टि इन्गेजमेन्ट !

‘कमेडी दरबार’माथि बारम्बार किन आक्रोशित शोभित ?

सुलक्षण भारतीको ‘स्टन्डबाजी’, बोल्न नपाएपछि अतिथीलाई पर्खाउन मिल्छ ?

प्रेममा कुसुम !

प्रियंका ‘ममी’को प्रचार गर्दैछिन् कि नोराको गीतको ?

के राजनराजसँग गीतको स्टक सकिएको हो ?

बिहे भएको ६ महिनामै अरुणिमाको डिभोर्स !

प्रतिक्रिया