उपासना सिंह ठकुरीः फिल्ममा सफ्ट, प्रिमियरमा बोल्ड

मंगलबार बेलुकी आयोजित फिल्म ‘हात्तीछाप’को प्रिमियर समारोहमा नायिका उपासना सिंह ठकुरी सबैको ध्यान खिच्न सफल भइन् । 

उपासनाको पहिरनले काठमाडौंको जाडोलाई नै चुनौती दिइरहेको थियो । वान पिस पहिरनमा पुगेकी उपासनाले क्यामेराको अगाडि निर्धक्क तस्विर खिचाइन् । 

यो फिल्ममा उपासना गाउँको एक युवतीको भूमिकामा छिन् । जसले, फिल्मका मुख्य पात्र दयाहाङ राई अर्थात् अम्बरेलाई मनदेखि नै प्रेम गर्छिन् । हङकङको लाहुरे माग्न आउँदा पनि उनको मन पग्लिँदैन । फिल्ममा गुन्यो चोली र कुर्ता सुरुवालमा नै देखिएकी उपासना प्रिमियरमा भने बोल्ड बनिन् । 



उपासनाले फिल्मको पर्दामा आफूलाई बोल्ड रुपमा अहिलेसम्म प्रस्तुत गर्न पाएकी छैनन् । उनलाई ‘क्याप्टेनदेखि कबड्डी कबड्डी कबड्डी, २ नम्बरी हुँदै डिसेम्बर फल्स’सम्म आइपुग्दा  दर्शकले सफ्ट क्यारेक्टर र पहिरनमा नै फिल्ममा देख्दै आएका छन् । 

तर, उनी प्रिमियरमा भने बोल्ड बनेर पुग्दा सबैको ध्यान खिच्न सफल भइन् । फिल्म हेरेका फिल्मीकर्मीले उपासनाको कामको पनि दिल खोलेर प्रशंसा गरेका थिए ।