कमजोर समीक्षाका बाबजुत साहिद–कृतिको फिल्मको सुखद कमाई

शुक्रबारदेखि रिलिजमा आएका बलिउड नायक साहिद कपुर र नायिका कृति सेनन अभिनित फिल्म ‘तेरी बातो मे ऐसा उल्झा जिया’ले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । 

यो फिल्मलाई बलिउडका समीक्षकहरूले भने कमजोर भनेका छन् । फिल्मलाई २ र २.५ को रेटिङ मिलेको छ । तर, दर्शकले भने फिल्मलाई मन पराएका छन् । यसैले, दर्शकको बलियो वर्ड अफ माउथका कारण यसको व्यापार बढिरहेको छ । 

यो फिल्मले शुक्रबार ७.०२ करोडको व्यापार गरेको थियो । शनिबार फिल्मले १०.५० करोडको कमाई गर्यो । दुई दिनमा १७.५२ करोडको कमाई गरेको फिल्मले आज आइतबार पनि सुखद कमाई गरिरहेको छ । तीन दिनमा फिल्मको व्यापार २८ देखि ३० करोडको हुने अपेक्षा गरिएको छ । 

यो फिल्मले ओभरसिजमा पनि सुखद कमाई गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।