कविता र कपिलको ‘तिमी भित्र’ सार्वजनिक

गायिका प्रविशा अधिकारी र गायक विशाल निरौलाको स्वर, ज्ञानेन्द्र गिरीको शब्द तथा संगीतमा तयार भएको गीत ‘तिमी भित्र’को भिडियो सार्वजनिक भएको छ ।

कविराज गहतराजको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो भिडियोमा सौरभ लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन छ । भिडियोमा कविता नेपाली र कपिल रसाइलीको अभिनय छ ।