साहरुखले ‘पठान २’मा काम गर्दै

गतबर्ष ‘पठान’ मार्फत बलिउडको नै कमब्याक गराएका नायक साहरुख खानले यो बर्ष कुनै पनि फिल्ममा काम नगर्ने पक्का भएको छ । उनी अभिनित कुनै पनि फिल्म रिलिज नहुने भएपछि उनका फ्यानहरु निराश छन् । तर, अर्को बर्ष भने साहरूखले एक्सन फिल्ममा नै काम गर्ने पक्का भएको छ । 

भारतीय मिडियाका अनुसार, साहरूखले यो बर्षको अन्त्यबाट फिल्म ‘पठान २’को छायांकन सुरु गर्ने पक्का भएको छ । निर्माता आदित्य चोपडाले ‘टाइगर भर्सेस पठान’को सुटिङलाई पछि सार्दै ‘पठान २’ लाई नै निर्माण गर्न लागेका हुन् । 

यो फिल्ममा साहरूखको गेटअप कस्तो हुनेछ भन्ने खुलेको छैन । तर, गतबर्ष ५ सय करोड माथिको बक्स अफिस कमाई गर्दै ‘पठान’ले इतिहास रचेको  थियो । 

यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका थिए । अब, ‘पठान २’लाई कसले निर्देशन गर्छन्, खुलेको छैन ।