‘डन ३’मा रणवीरको जोडी कियारा

नायक रणवीर सिंहले नयाँ फिल्म ‘डन ३’मा काम गर्दैछन् । यो फिल्मको छायांकन सुरु गर्ने तयारीमा यसको निर्माणपक्ष छ । 

फिल्मको शीर्ष भूमिकामा रणवीरले काम गर्ने घोषणा भएसँगै आलोचना पनि भएको थियो । यसअघिका दुई सिरिजमा नायक साहरुख खानले यो भूमिका निर्वाह गरेका थिए । फिल्मले निकै चर्चा पनि पायो । 

अब, यो फिल्ममा रणवीरको जोडीको रुपमा नायिका कियारा आडवाणीले काम गर्ने पक्का भएको छ । निर्माणपक्षले आज एक भिडियो सार्वजनिक गर्दै फिल्ममा कियारा फाइनल भएको जानकारी दिएको छ । 

फरहान अख्तरले निर्देशन गर्ने यो फिल्मले एक डनको कथा भन्ने छ ।