चितवनमा निश्चल र स्वस्तिमाको दौडधुप

आकाश बराल र साजन काफ्लेको निर्देशनमा तयार हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को छायांकनका लागि कलाकारद्वय निश्चल बस्नेत र स्वस्तिमा खड्का चितवनमा छन् । चितवन पुगेर उनीहरुले फिल्मको लोकेशन धमाधम हेरिरहेका छन् । 

यही क्रममा उनीहरुले भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालसँग पनि भेटघाट गरिसकेका छन् । निश्चल र स्वस्तिमाले चितवनको पर्यटकीय स्थलमा यो फिल्मको छायांकन सुरु गर्दैछन् । 
फिल्ममा निश्चल र स्वस्तिमा नै मुख्य भूमिकामा छन् । साथमा, उनीहरुको नै फिल्ममा लगानी छ । फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे र फिरोज खड्का हुन् । 

तस्वीरः केशव पाण्डेय



फिल्मको छायांकन अब केही दिनमा सुरु गर्ने तयारीमा यो जोडी छ । स्वस्तिमा र निश्चलले काम गरेको फिल्म ‘दिमाग खराब’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरिसकेको छ । 

चितवनका सडकमा स्वस्तिमा र निश्चल रमाएको देखिन्छ । स्वस्तिमाले दर्शकको स्वाद अनुसार, यो फिल्मको निर्माण गर्न लागेको बताएकी छिन् ।