प्रिमियरमा पुगेर फिल्म नै नहेरी किन हिडिन् प्रियंका ?

बुधबार फिल्म ‘गोर्खा वारियर’को प्रिमियरमा नायिका प्रियंका कार्की पनि पुगेकी थिइन् । तर, फिल्म हेरेर निस्कँदा प्रियंका हलमा उपस्थित थिइनन् । 

सुरुवातमा पुगेर केही मिडियाको क्यामेरामा तस्वीर खिचाएकी प्रियंका अन्तिमसम्म भने हलमा बसिनन् । उनी, फिल्म नै नहेरी निस्किएकी थिइन् । 

निर्माणपक्षले बीग मुभिजको ३ सय सिट भएको हलमा फिल्म देखाएको थियो । तर, हलमा ४ सय भन्दा बढी अतिथीहरुको उपस्थिति थियो ।

जसकाकारण, फिल्म हेर्न पुगेका धेरैले भुइँमा बसेर फिल्म हेरेका थिए । फिल्म हेर्नका लागि पुगेकी नायिका प्रियंका कार्कीले बस्ने सिट नै पाइनन् । बस्ने सिट नपाएपछि कार्की फिल्म नहेरी हिँडेकी हुन् ।

मिलन चाम्ससँग प्रियंकाले ‘ह्याप्पी डेज’ नामक फिल्ममा काम गरेकी छिन् । यसैले, उनको निमन्त्रणा स्विकार गर्न उनी हल पुगेकी हुन् । तर, बस्ने सिट नभएपछि अन्य अतिथि जस्तै प्रियंका पनि बाहिर निस्किएकी हुन् । 

नेपाली फिल्म क्षेत्रमा मिलन चाम्स रेड कार्पेटमा नयाँ ट्रेन्ड भित्र्याउने निर्देशकमा पर्छन् । बुधबार आयोजित कार्यक्रममा पनि मिलनले नयाँ सोचका साथ प्रिमियर गरे । तर, फिल्म हेर्नका लागि सिटको अभाव हुँदा अतिथीहरुलाई भने समस्या भयो ।