‘स्वस्थानी भर्सेस ग्याङ’ बैशाख १ गतेबाट स्ट्रिमिङ हुने

डान्सिङ समूह ‘द कार्टुन क्रु’ले नयाँ वेब सिरिज ल्याउने तयारी गरेको छ । वैशाखको १ गतेबाट ‘स्वस्थानी भर्सेस ग्याङ’ स्ट्रिमिङ हुने बताइएको छ । यसको निर्माणपक्षले केही पोस्टरहरू समेत सार्वजनिक गरिसकेको छ । 

प्रोफाइल पिक्चर्सले कार्टुन क्रुसँगको सहकार्यमा यो वेब सिरिज ल्याउन लागेको हो । यसअघि पिक्चर्सले ‘हाम्रो हाइस्कुल, ट्वान्टी फस्ट लभ, यू एण्ड आई’ जस्तो वेब सिरिज सार्वजनिक गरिसकेको छ । 

सरिन पोखरेलको कथा, पटकथा तथा निर्देशन रहेको वेब सिरिजमा सरोज अधिकारी र सागर खनालको निर्माण छ । विजय अधिकारी सिरिजको कार्यकारी निर्माता हुन् । 

सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, जिवेश गुरुङ, लक्ष्मी गिरी, विजय अधिकारी, अस्मिता खनाल, अभिप्सा खनाल, संयोग गुरागाईँ, रोशन कार्की, सोनिया लामा, निकोलस अर्याल लगायतका कलाकारको अभिनय छ । यो सिरिजमा गायक प्रताप दासले केमियो भूमिकामा काम गरेका छन् । 

संकल भुजेलको छायांकन, सागर खनालको सम्पादन रहेको सिरिजको शीर्ष भूमिकामा आश्माले काम गरेकी छिन् । यो सिरिजले एउटा मोबाइलको वरपर रहेर कथा भन्छ । 

१० भागमा प्रशारण हुने सिरिजले कमेडी र एड्भेन्चरलाई भन्नेछ । यो टिमले २ बर्षपछि फिल्म बनाउने पनि बताएको छ ।