करिश्माको प्रश्नः चलचित्र संस्थानको २७ रोपनी जग्गा कहाँ गयो ?

नायिका करिश्मा मानन्धरले बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेपाली चलचित्र संस्थानको जग्गा कहाँ गयो भनेर प्रश्न सोधेकी छिन् । 

नायिका मानन्धरले संस्थानको २७ रोपनी जग्गा खोजी गर्न आग्रह गर्दै समाधान नभएको खण्डमा अदालत जाने चेतावनी समेत दिएकी छिन् । उनले लेखेकी छिन्–‘शाही नेपाल फिल्म विकास बोर्ड । गरेको रहेछ त । आजको दिन पनि त्यो भवन उत्कृष्ट छ । किन लिजमा दिएको ? फेरि अरूलाई किन लिजमा दिएको ? तुरुन्तै राज्यले चासो राखेर कारवाही गरोस् । बाबु साहेब, बसन्तीको रिल छ । अदालत जान नपरोस् ।’

यो विषयमा पटक पटक आवाज नउठेको भने होइन । तर, यसको समाधान भने हुन सकेको छैन । पूर्व संचार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले पनि यो जग्गाको विषयमा आवाज उठाएका थिए । उनले, जग्गालाई व्यक्तिगत बनाउनेलाई पानी मुनी गएपनि नछाड्ने चेतावनी दिएका थिए ।

तर, यस विषयमा सरकारले अहिलेसम्म कुनै कदम चाल्न सकेको छैन । वि.सं २०४८ सालमा सरकारले चलचित्र विकास कम्पनीलाई भाडामा दिएको  थियो । सरकारले सो समयमा २७ रोपनी जग्गा उपलब्ध गराए पनि अहिले ६.७५ रोपनी जग्गा मात्र छ । २० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । 

करिश्माले सो जग्गा खोजेर सरकारको नाममा ल्याउन आग्रह गरेकी हुन् ।