नीताको ‘ह्रस्व दीर्घ’ अमेरिका र क्यानडामा विक्री

नायिका नीता ढुंगानाको निर्माणमा तयार भएको फिल्म ‘ह्रस्व दीर्घ’को ओभरसिज राइट्स धमाधम विक्री भइरहेको छ । नेपाली तथा तेलुगु भाषामा रिलिज हुने यो फिल्मको अमेरिका तथा क्यानडामा प्रदर्शन अधिकार पनि विक्री भएको छ ।
यसअघि फिल्मको जापान र दक्षिण कोरियाको अधिकार विक्री भएको थियो । यो फिल्मलाई अमेरिका र क्यानडामा रमेश भट्टको एभरेष्ट इन्टरटेन्मेन्ट तथा अभिजित राई इ–पिक इन्टरटेन्मेन्टले संयुक्त रुपमा लिएका हुन् ।
चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्म नेपाली तथा भारतीय कलाकारहरूको बलियो लाइनअपका कारण चर्चामा छ । फिल्ममा साउथका चर्चित कलाकारहरू ब्रम्हानन्दमा, अलि र प्रदीप राउतको अभिनय छ ।
हरिहर अधिकारीको लेखन रहेको यो फिल्ममा हरिहर, नीता ढुंगाना, विपना थापा, सरोज खनाल, गरिमा शर्मा, संचिता लुइँटेल, वुद्दि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।
फिल्मको दुई सेड्यूलमा छायांकन सकिएको छ भने अब १० प्रतिशत बाँकी छायांकन भारतमा गर्ने तयारी गरिएको छ । यो फिल्म आउँदो बर्षको असोज ११ गतेबाट रिलिज हुँदैछ ।

दया भन्छन्–‘दुखी आत्मा’ले बोलेको कथामा कुरा हुन जरुरी छ’

‘राजागञ्ज’ टिजरः अपहरित दुई बालकको खोजीमा प्रहरीको अप्रेसनको कथा

प्रिमियरमा ‘ममी’लाई प्रतिक्रियाः ‘अहिलेसम्मकै उत्कृष्ट नेपाली हरर फिल्म’

विशेष शोमा मन पराइयो लक्ष्मणको "सतीदेवी"

फिल्म 'मायाप्रीति' मा दिव्या

मिलनको निर्देशनमा ‘सुम्निमा’ निर्माणको घोषणा

‘हन्टर’मा अरुणको यस्तो लुक्स, के बाहिरिएकी हुन् गरिमा ?

प्रतिक्रिया