७२ बर्षको उमेरमा गायक पंकज उदासको निधन

भारतका चर्चित गायक पंकज उदासको आज निधन भएको छ । उनको ७२ बर्षको उमेरमा उनको निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे गायक उदासको निधन भएको हो । 

गायक उदासको जन्म सन् १९५९ मे १७ तारिखमा जेतपुरमा भएको थियो । सुरुवातमा उनको गायन क्षेत्रमा आउने कुनै योजना थिएन । तर, जब उनले सन् १९८० मा ‘आहत’ नामक एल्बम सार्वजनिक गरे, यसपछि उनको चर्चा चुलियो ।

गायक उदासको ‘चिठ्ठी आई हे’ बोलको गीत सर्वाधिक चर्चामा छ । उनलाई भारतको सरकारले सन् २००६ मा पद्यमश्री पुरस्कार समेत प्रदान गरेको थियो । 

उनले आवाज भरेका ‘माहिया तेरी कसम, ना कजरेकी धार’ लगायतका गीतहरू सुपरहिट छन् ।