‘मोदीबेनी’बाट दर्शकको नजरमा पर्ने स्नेहाको आशा

फिल्म ‘मोदीबेनी’बाट कलाकारको रुपमा स्नेहा भट्टराईले डेब्यू गर्दैछिन् । पहिलो फिल्ममा काम गरिरहँदा आफू निकै उत्साहित भएको र धेरै कुरा सिकिरहेको उनको भनाई छ । 

उसो त, स्नेहाले केही म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । उनले काम गरेको पहिलो भिडियो ‘बिहानी’ हो । 

आफूले अब फिल्म क्षेत्रलाई करिअर बनाउन चाहेको उनको भनाई छ । ५ बर्ष अगाडिबाट कला क्षेत्रमा होमिएकी स्नेहा डेब्यू फिल्मबाट दर्शकको साथ पाउनेमा विश्वस्त छिन् । राम्रो टिमसँग काम गर्न पाएको भन्दै उनले खुशी व्यक्त गरिन् ।

सन् २०१७ मा आयोजना भएको ‘मिस कलेज’मा फस्ट रनरअप भएपछि स्नेहाको करिअरको ढोका खुलेको थियो । यसपछि, उनले नायक मुकुन भुसालसँग एक महिनाको अभिनयको कोर्स सिकेकी थिइन् । 

स्नेहा भन्छिन्–‘मोदीबेनी’ मेरो सुरुवात हो । तर, मलाई लामो रेशको घोडा बन्नु छ । यसैले, अझै पनि धेरै कुरा सिक्न बाँकी नै छ । अभिनयको तालिम अझै लिने सोचमा छु ।’

फिल्म ‘मोदीबेनी’लाई शंकर कोइरालाले निर्देशन गरिरहेका छन् । पहिलो चरणको छायांकन सकेको निर्माणपक्षले भोलीबाट दोस्रो सेड्यूलको छायांकन सुरु गर्दैछ ।