सडक दुर्घटनामा ४ भोजपुरी स्टारहरुको निधन

सडक दुर्घटनामा ४ जना नव कलाकारहरूको निधन भएपछि भोजपुरी फिल्म उद्योग शोकमा डुबेको छ । 

मृत्यु हुनेमा वेब सिरिज ‘पञ्चायत २’की नायिका आँचल तिवारी हुन् । भारतीय मिडियाका अनुसार सबै कलाकारहरूको निधन सडक दुर्घटनामा भएको हो । चारै जनाको मृत्यु घटनास्थलमै भएको थियो । 

यस्तै, मृत्यु हुनेमा भोजपुरी नायिका सिम्रन श्रीवास्तव, गायक विमलेश पाण्डे र छोटु पाण्डे छन् । मिडियाका अनुसार, बिहारको कैमुरमा आइतबार साँझ देवकाली गाउँ नजिक जीटी रोडमा यो भयानक दुर्घटना भएको थियो । 

आइतबार यो सडकमा मोटरसाइकल, एसयूभी र ट्रक एक आपसमा ठोक्किदा यो भयानक दुर्घटना भएको हो । यो घटनामा अन्य ५ जनाको पनि निधन भएको थियो । यो घटनामा दुख व्यक्त गर्दै बिहारका मुख्यमन्त्री नितिश कुमारले श्रद्धाञ्जली अर्पण गरेका छन् ।