२ दशकपछि सञ्जयले सार्वजनिक गरे ‘तिमी जस्तै’

गायक संजय किशोर श्रेष्ठले झन्डै दुई दशकपछि नयाँ गीत ‘तिमी जस्तै’ सार्वजनिक गरेका छन् । उनका ‘धेरै भो, रुमाल लुकाई लुकाई खेल्दा, हुँदैन कसैको मुटु ढुंगाको’ लगायतका गीत चर्चामा थिए ।

आफूले फेरि गायन क्षेत्रमा पुनः आगमन गर्न पाउँदा खुशी लागेको उनले बताए । उनले, समय अनुसार आफूलाई परिमार्जित गर्ने कोशिश गरेको पनि बताए । आगामी दिनमा पनि समय अनुसार गीत सार्वजनिक गर्ने उनको भनाई छ । 

सार्वजनिक ‘तिमी जस्तै’ गीतमा जेम्स प्रधानको शब्द र संगीत छ । जेम्सकै निर्देशनमा तयार भएको भिडियोमा गायक श्रेष्ठ नै देखिएका छन् । श्याम तामाङको छायांकन रहेको भिडियोमा जेसिका प्रधानको सम्पादन छ ।